शुक्रबार, बैशाख १४, २०८१

खाद्य स्वच्छता र गुणस्तरको महत्व उजागरणका लागि दशौं खाद्य स्वच्छता दिवस ” मनाइदै

काठमाडौं जेठ १ , खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष “दशौं खाद्य स्वच्छता दिवस २०७५” अन्र्तगत जेठ महिना भर “दोश्रो खाद्य स्वच्छता महिना २०७५” को रुपमा विविध कार्यक्रम सहित मनाउने भएको छ ।

विभागले दश वर्ष अघिबाट मनाउँन सुरु गरेको प्रस्तुत कार्यक्रम यस वर्ष खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम उपभोक्ता सम्म पु¥याउन लक्ष्य सहित “हामी सबैको सरोकार  खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर” भन्ने नाराका मनाउँने आज आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ

 पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार उपभोक्ता हकहितसँग सम्बन्धित संघ संस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन हुने कलेजहरू, खाद्य तथा पोषणसँग सम्बन्धित संघसंस्थाहरूका साथै जनचेतनाका संवाहक पत्रकार समेतको सहकार्यमा यो कार्यक्रम भव्यताका साथ मनाउन यो महिनाब्यापी रुपमा मनाइने र यसको लागि विभागका महानिर्देशक संजीव कुमार कर्णज्यूको संयोजकत्वमा विभिन्न सरकारी निकाय उद्योग वाणिज्य क्षेत्र उपभोक्तावादी संघसस्था पत्रकारहरुका संघ सस्थाबाट प्रतिनिधित्व हुने गरी मूल समिति त्यस्तै विभिन्न २५ वटा उप समिति गठन गरिएको जानकारी दिदै महिनाभरिनै विभिन्न कार्यक्रम सञ्चालन विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।