शुक्रबार, चैत्र १६, २०८०

खड्गजात्रा अर्थात ‘पाया’ पर्व सम्पन्न(फोटो फिचर )

काठमाडौ कार्तिक ३, बडादसैंको अन्तिम दिन विजयादशमीको साँझ अर्थात शुक्रवार उपत्यकामा नेवार समुदायले खड्गजात्रा अर्थात ‘पाया’ पर्व मनाएका छन् ।

यो पर्वमा शक्तिपीठ पूजा अर्चना सहित खड्गधारण गरी नगर परिक्रममा गरि मनाइने भएकोले खड्गजात्रा भनिएको हो । जात्राको क्रममा तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी जात्रा मनाउने गरिन्छ ।

 

मुलत यट्खाबाट कंकेश्वरी ,टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, र मध्यरातमा तलेजु भवानी लगायतका पीठबाट निस्कने खड्गधारीले आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गर्ने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।