शनिबार, बैशाख ८, २०८१

क्षमापूजासंगै मनकामनाको मुल मन्दिर भक्तजनका लागि आजबाट खुला

काठमाडौं मङ्सिर १२ , मनको इच्छा पूरागर्ने देवी मनकामना मन्दिर आजबाट पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । २०७२को महा विनाशकारी भूकम्पका कारण पूर्णरुपमा क्षति पु-याएको मन्दिरको “मूल मन्दिर पुरानै संरचनामा पुनःनिर्माण सम्पन भएपछि क्षमा पूजा गर्दै आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो ।

करीब रु १५ करोडको लागत अन्र्तगत रु चार करोड बराबरको सुन तथा काठ राज्यको तर्फबाट र बाँकी रकम भक्तजनबाट चन्दा सङ्कलन गरी पुनःनिर्माण गरिएको मनकामना मन्दिर निर्माणका क्रममा गजुरदेखि मन्दिरको छानासम्म १८ किलो २०० ग्राम सुनको मलम्ब लगाइएको जानकारी दिदै मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठका अनुसार मूल मन्दिरको पुनःनिर्माण  सँगै मन्दिरको आँगनमा ढुङ्गा छाप्ने सकिएपनि , भक्तजनका लागि शौचालय निर्माण, परेवा बस्ने घर बनाउने काम हसन बाँकी रहेको जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।