शुक्रबार, चैत्र १६, २०८०

क्याटरिंग व्यवसायीलाई अत्यावश्यक सेवा व्यवसायमा सुचिकृत गर्न माग

 काठमाडौं जेठ २९,  नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिंग व्यवसायी महासंघको दोश्रो बार्षिक साधारण सभा तथा प्रथम महाधिवेशन माननीय गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा जेष्ठ ३० गते काठमाडौंमा सम्पन्न हुने भएको छ । 

राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले क्याटरिंग व्यवसायीलाई अत्यावश्यक सेवा व्यवसायमा सुचिकृत गर्न र सोही अनुसारको राज्यले दिने सुविधा उपलब्ध गराउन जोडदार माग गरेको छ ।

राज्यले समुन्नत नेपाल निर्माणको लागि समाजवादको अवधारणा अगाडि सारेर औद्योगिक क्रान्ति र आन्तरिक आय आर्जनबाट मात्र आत्मनिर्भर बन्न सकिन्छ भनिरहेको अवस्थामा संख्या तोकेर बिक्री घटाउँदा राज्यले न त कर नै पाउन सक्छ, न त आर्थिक परिचालन स्तरिय हुन सक्छ, तसर्थ सामाजिक व्यवहार सुधार ऐन २०७४ मा संख्या तोक्नु समय सान्दर्भिक नभएको भन्दै व्यवसायीहरुले सरकारको प्रस्तुत कदमप्रति विमति जनाएका छन ।   महाधिवेशनमा प्रतिनिधि व पर्यवक्षक गरी झण्डै ५०० को हाराहारिमा सहभागिता हुने महासंघले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।