बिहिबार, बैशाख १३, २०८१

को-को भए काँग्रेसका समानुपातिक सासंद ?

काठमाडौं माघ २९ , नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य अन्र्तगत  समानुपातिक सदस्य तर्फ प्राप्त नतिजा अनुरुपको अन्तिम नामावली आज निर्वाचन आयोगमा बुझाएको छ ।   कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पछि नामावलीको  अन्तिम छनौट गर्दै आयोगमा बुझाईएको नामावली निम्नानुसार रहेको छ ।

समानुपातिकतर्फ नेपाली कांग्रेसले प्राप्त गरेको ४०सिट मध्ये  समानुपातिक सूचीमा खस–आर्य (पुरुष)तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन्  भने खस–आर्य (महिला)तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहेका छन् ।

त्यस्तै  आदिवासी–जनजाति (पुरुष)तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी चयन भएका छन भने     आदिवासी–जनजाति (महिला)तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बाको नाम छनौट भएका   छन् । त्यस्तै   मधेसी (पुरुष)मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला) तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन भएका छन् ।

त्यस्तै, दलित (पुरुष)तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन भएका छन् भने दलित ९महिला०तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् ।  थारू (पुरुष)तर्फ पद्मनारायण चौधरी तथा थारु ९महिला०तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी छन् । त्यस्तै, मुस्लिम ९पुरुष०मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला)तर्फ सर्वतआरा खानम चयन भएकी छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।