शनिबार, बैशाख ८, २०८१

कोरियाली भाषा परीक्षाका आवेदक सख्या ५० हजार नाध्यो

काठमाडौं चैत ८ , रोजगार अनुमति प्रणाली अर्थात इपिएस अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि गए राति १२ बजेदेखि खुला गरिएको आवेदन यो समाचार तयार पादको समयसम्म आवेदकको सख्या ५० हजार नाघिसकेको इपिएस कोरिया शाखाले जनाएको छ ।  इपिएस कोरिया शाखाका अनुसार यसपटक अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु झेल्नु  नपरेको जनाउँदै आवेदन फारम आगामी चैत १७ गते राति १२ बजेसम्म भर्न सकिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।