शनिबार, बैशाख ८, २०८१

कोचिला आदिवासी महिलाका समस्या सम्बोधन गर्ने प्रतिबद्धता

बिर्तामोड असार १३ ,  स्थानीय सरकारमार्फत बजेट तथा नीति निर्माण गरी आदिवासी कोच महिला र आदिवासी महिलाको अधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा नेतृत्व विकास, न्याय र सूचनामा पहुँच वृद्धिका लागि स्थानीय सरकारले आवश्यक नीति –नियम बनाउन पहल गर्नुको साथै विद्यमान यावत समस्यालाई सम्बोधन गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

बुधबार संवाद समूहको सचिवालय बिर्तामोडमा भएको ‘आदिवासी महिलाको सशक्तिकरण र स्थानीय तहको भूमिका विषयक छलफलमा सहभागी कोचिला महिला फ्रण्ट तथा अन्य आदिवासी महिलाहरुले आफ्ना समस्या र हकअधिकारका सवालमा अभिव्यक्त भावना सुनिसकेपछि नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, कनकाई नगरकी उपप्रमुख मञ्जु प्रसाईं, अर्जुनधारा नगरकी उपप्रमुख कमला आचार्य, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशी र कचनकचवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले महिला तथा आदिवासी कोच महिलाका समस्या सम्बोधन गर्न लक्षित समूहको कार्यक्रम मार्फत विशेष व्यवस्था गर्ने बताए । उनीहरुले महिलाका लागि अहिले भइरहेको बजेट तथा नीतिमा विशेष प्राथमिकताका साथ हेर्ने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको हो  ।

  त्यस्तै कार्यक्रममा कोचिला महिला फ्रण्ट तथा आदिवासी महिला नेतृहरु सनम राजवंशी, नौताली राजवंशी, सुष्मा राजवंशी, बबिता राजवंशी, द्रौपदी गणेश, निता राजवंशी, किरण राजवंशी, शर्मिला राजवंशी, पार्वती राजवंशी लगायतले महिला तथा आदिवासी महिलाका विभिन्न समस्याहरुबारे अवगत गराएका थिए ।   अधिवक्ता खगेन्द्र खरेलको सहजीकरणमा सञ्चालित   उक्त कार्यक्रममा   आदिवासी कोच महिलाले भाषा, जनचेतना, शिक्षा, स्वास्थ्य, नेतृत्व विकासका विषयलाई विशेष सम्बोधन गर्न आग्रह गरेका थिए । काले महिलाका समस्या ओझेल परेको गुनासो समेत गरेका । तस्वीर:   कमलप्रसाद पाण्डे

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।