शनिबार, बैशाख ८, २०८१

के हो इन्फलुएन्जा खोप ? र किन लगाइन्छ

आजकल फ्लू एउटा धेरै चलन चल्तीमा आएको शब्द हो, यसलाई चिसो लागेको, घाँटीमा खटिरा आएको, नाकबाट पानी बगेको वा ज्वरो आएको भन्न सकिन्छ । यद्यपि यदि यसको एच१ एन१ छ भने यसलाई बर्ड फ्लू अथवा एच३ एन२ छ भने स्वाइन फ्लू अथवा कुनै पनि जंगली चराद्वारा संक्रमित फ्लू र यसबाट बिरामीहरुले उच्च ज्वरो, अत्याधिक श्वासप्रश्वासको समस्या जस्ता गम्भिर अवस्थाको सामना गर्दछन् र जसले मृत्युको मुखसम्म पु-याइ दिन्छ ।  एक सर्वेक्षण सन् १९१८ को अवधिमा उच्च ज्वरो तथा ARTI को कारण २ देखि ५ करोड मानिसहरुको अकालमा ज्यान गएको थियो जसले चिकित्सा जगतमा आतंक नै छाएको थियो । त्यसबेला महामारी भएको ठान्दै यसलाई स्पेनिस फ्लू को संज्ञा दिएका थिए । सन् १९५७–६८ ताका यस्तै खालको अर्को संकट आइपरेको थियो तर डाक्टरहरुको पारम्परिक उपचारको व्यवस्थापनले गर्दा मृत्यु दर ५० प्रतिशतले घटेको थियो ।

इन्फ्लुएन्जा खोपको आविष्कार पछि मृत्युदर घट्यो र ध्ज्इ ले पनि त्यही खोपलाई निवारकको रुपमा अनिवार्य ग-यो । इन्फ्लुएन्जा खोपले एच१ एन१, एच३एन २ र जंगली चराचुरुङ्गीहरुको कारण हुने संक्रमणबाट सुरक्षा मात्र नदिई यसले गर्भवती आमाहरुलाई ARTI रोगको उपचार पनि गर्छ र समय नपुग्दै हुने जन्मको प्रकरणलाई पनि रोक्छ । यस्तो अवस्थामा चिकित्सकले एक पटक खोप दिनु पर्ने सिफारिस गरिन्छ ।

WHO को निष्कर्ष अनुसार, ६ देखि ३५ महिनाको बाल्य अवस्थामा ०.२५ एम एलको इन्फ्लुएन्जा खोप दिनु पर्दछ । पहिलो लगाएको ४ हप्ताको अन्तरालमा पुनः ०.२५ एमएलको खोप लगाउनु पर्छ । कहिले काँही लगातार रुपमा रुघा खोकी र फ्लू भइरहने बच्चाहरुलाई १० वर्षको उमेर हुँदा ०.५ एमएलको द्यययकतभच म्यकभ खोप दिने गरिन्छ ।
पुराना प्रतिरोधी फुफ्फुसीय रोगहरु भएका रोगीहरुमा दम भएका रोगीहरुले वर्षमा एक पटक खोप लिनु पर्दछ । आजकल ध्ज्इ र सबै चिकित्सकहरुले मुटु रोग भएका, मेटाबोलिज्म बिकार भएका र मृगौला सम्वन्धि रोग भएका रोगीहरुलाई पनि वर्षको १ शट खोप दिने निर्णय गरि व्यवहारमा पनि लागू गरिसकेका छन् ।  साउथर्न हेमिसफेयर र नर्थन हेमिसफेयर नाम गरिएका इन्फ्लुएन्जा खोपहरु वर्षको दुई पटक उत्पादन गरिन्छ । खोपका योजनाका प्रयासहरु बारे निश्चित गर्न हरेक वर्ष सेप्टेम्बर महिनामा ध्ज्इ ले संसारभरका बिभिन्न देशहरुबाट वैज्ञानिकहरुलाई जेनेभामा बोलाउने गर्दछ ।

नर्थन हेमिसफेयर खोपमा २ प्रकारका स्ट्रेन प्रयोग गरिन्छ :
इन्फ्लुएन्जा ए – क्यालिफोर्निया – २००९ – एच१एन१
ए – हङकङ – २०१४ – एच३एन२
इन्फ्लुएन्जा बी – ब्रिसवेन २०००
माथि उल्लेख गरिएका खोपहरु त्रिसंयोजक खोपहरु हुन् तर आजकाल चर्तुयुक्त खोपहरु पनि उत्पादन गर्ने गरिन्छ जसमा चार इन्फ्लुएन्जा बी मध्ये (इन्फ्लुएन्जा बी फुकेट २०१३, बी भिक्टोरिया, बी यामागाटा, टेक्सास) एक रहेको हुन्छ ।
यस्तै गरी साउथर्न हेमिसफेयर खोपहरु चर्तुयुक्तका लागि तल उल्लेख गरिएका क्षमतामा उत्पादन गरिन्छ ।
ए – मिचिगन – २०१५ एच१एन१
ए – हङकङ – २०१४ एच३एन२
बी – ब्रिसबेन – २००८
बी – फुकेट २०१३
उत्पादनकर्ताले WHO  ले निर्णय गरे अनुसारको ए– स्विटजरलैण्ड वा अरु स्ट्रेन प्रयोग गर्न सक्छन् । स्थानिय सरकारी अधिकारीहरुको सहमतिमा खोप उत्पादन गर्ने गरिन्छ जुन उनीहरुको देशको वातावरण अनुसारको स्ट्रेन हुनुपर्दछ । ज्वरो आएका र अण्डा प्रति संवेदनशील भएका बिरामी र नाजुक अवस्थाका विरामीहरुलाई फ्लूको खोप नलिन सल्लाह दिइन्छ ।
संसारमा अहिले २ किसिमको उत्पादन प्रविधिहरु छन् । एउटा विभाजित (Split) प्रविधि हो जुन ७ वर्षदेखि प्रयोग हुँदै आइरहेको छ । तर अहिले सव युनिट टेक्नोलोजि भनिने नयाँ प्रविधिलाई स्प्लीट खोपको तुलनामा सुरक्षितरुपको फ्लू को खोप भनि जानिन्छ किन कि यो प्रशोधित गरिएको हुन्छ र चाहिने तत्व Heanglutamin र Neuradinese    मात्र हुन्छ । मांसपेशी दुख्ने, ज्वरो आउने, नाजुक अवस्थावाट गुज्रने जस्ता साइड इफेक्ट पनि थोरै हुन्छ ।
साभार:  WHO Centre of Disease Control and Prevention

हाल स्वाइन फ्लूको बिरामीहरुमा एच१एन१ देखिएको छ । डा. आर. के. महतो निर्देशक राष्ट्रिय प्रयोगशाला टेकुको भनाई अनुसार परिक्षण गरिएका १० जना मध्ये २ जना बिरामीहरुमा पोजिटिभ देखिएको छ । टेकुका डा. शेर वहादुर पुनको भनाइ अनुसार हरेक हप्तामा कडा रुघाखोकी लागेका बिरामीहरुको परिक्षण गर्दा दुइटा अवस्था पाइयो । हालका दिनहरुमा यो महामारी दक्षिण एशियामा ठूलो विपत्तिको रुपमा देखा परिरहेको छ । ध्ज्इ को भनाइ अनुसार भारतमा मात्रै हरेक दिन एउटा विरामीको मृत्यु हुने गर्दछ । यसका असरहरु मालद्विप्स र श्री लंकामा पनि देखिएको छ ।
साभार :  कान्तिपुर दैनिक, २९/ ०३/२०१७

फ्लू खोपको फाइदाहरु : 

  •  फ्लूको खोपले फ्लू सम्बन्धित रोगवाट वालवालिका तथा बृद्धहरुलाई अस्पताल भर्ना गर्नु पर्ने जोखिमबाट कम गर्छ  ।
  •  सन् २०१४ मा गरिएको अध्ययन अनुसार २०१० देखि २०१२ सम्मको फ्लू रोग हुने मौसममा फ्लू खोप दिइएको वालवालिकाहरुलाई फ्लू सम्बन्धित सरुवा रोगहरुबाट हुने जोखिमका कारण सघन उपचार इकाईमा भर्ना गरिनु पर्ने जोखिममा ७४% प्रतिशतले घटेको तथ्यांकमा पाईयो । (फर्डिनान्डस्, २०१३)
  • २०१६ को गृष्ममा प्रकाशित भएको अर्को अध्ययन अनुसार फ्लू को खोप लिएका ५० वा बढि उमेरका मानिसहरुलाई फ्लू रोगका कारण अस्पताल भर्ना गर्नु पर्ने जोखिम ५७% प्रतिशतले घटेको थियो । (ह्याभर्स २०१६)
  •  दीर्घकालीन स्वास्थ्य अवस्थाका मानिसहरुका लागि फ्लूको खोप एउटा महत्वपूर्ण प्रतिरोधात्मक औजार हो ।
  • खोपले मुटु सम्बन्धी रोग लागेका मानिसहरुलाई, खास गरी अघिल्लो वर्ष हृदयघात भइसकेकाहरुलाई आघात पार्ने हृदयघातका घटना घटेको पाइएको छ । (उदेल २०१३, फ्रोमिन्टकुल २०११, सीसजिउस्की २००८)
  • फ्लू को खोपले मधुमेह भएका मानिसहरुलाई अस्पताल भर्ना गर्नु पर्ने जोखिम ७९%, दीर्घकालीन फोक्सोको रोग भएकालाई ५२% ले घटेको पाइएको छ । (कोलक्यूहोम १९९७, निकोल १९९९)
  • खोपले महिलाहरुलाई गर्भवतीका बेला र गर्भवति पछि बचाउन मद्दत गर्छ । खोप लिएका महिलाबाट जन्मेका बच्चाहरु फ्लू हुनबाट बच्छन् । (आमाले गर्भवस्थामा गर्भभित्र बढिरहेका बच्चामा प्रतिरोधात्मक तत्व सार्छिन् )
  •  एउटा अध्ययनले गर्भवती महिलामा फ्लूको खोपले पार्ने प्रभावकारिता के देखाएको छ भने खोपले फ्लू सम्बन्धित तीव्र श्वासप्रश्वासको संक्रमणARTI  बाट हुने जोखिम आधाले घटाउँछ । (थमसन २०१३) ARTI
  •   अर्को अध्ययनले देखाएको छ कि गर्भवती अवस्थामा खोप लिएका महिलाबाट जन्मेका शिशुहरु भन्दा गर्भवती अवस्थामा खोप नलिएका महिलाहरुबाट जन्मिएका शिशुहरु १ तिहाई रुपमा फ्लूबाट बिरामी पर्दछन् ।
  •   यो सुरक्षात्मक लाभको निरिक्षण जन्मेको ४ महिनासम्म गरिएको थियो ।
  • फ्लूको खोपले बिरामी भएको वेला पनि विमारीलाई सहज बनाइदिन्छ ।
  •  यदि तपाइले खोप लिनु भएको छ भने गंभिर किसिमका फ्लू रोगबाट कमजोर हुने मानिसहरु जस्तो, नवजात शिशु, केटाकेटी, वृद्धहरु, र केही दीर्घकालीन रोगी लगायत तपाई वरिपरिका मानिसहरुलाई बचाउँछ ।
    यो एउटा फ्लूको लागि सानो सुराग मात्र हो । सबै मानिसहरुले माथि उल्लेखित महामारी रोक्न डोज र फ्लूको खोप लिन सजग हुनु पर्दछ । साना केटाकेटीहरु, गर्भवती महिलाहरु, दीर्घकालीन रोगीहरु, बृद्धहरुले हरेक वर्ष एक पटक खोप लिनु पर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 संंकलकः रोरा केम प्रालि , ललितपुर ।