शुक्रबार, चैत्र १६, २०८०

केपी ओली सरकार लोकतन्त्रको सिद्धान्त विपरित एकलौटी अघि बढ्न खोज्नु किमार्थ सकारात्मक लक्षण होइन : नेता सिंह

  • ट्रेड युनियनका अगुवा श्रमिकका हरेक समस्यामा सचेत हुनुपर्नेमा एफएनभिका क्षेत्रीय निर्देशकको जोड
  • अहिलेको ऐनले कुल श्रमिकमध्ये ४ प्रतिशतलाई मात्र समेट्छ, अब भन्नोस्, ९६ प्रतिशत लाभग्राही बाहिर राखेर कसरी नयाँ युग शुरु हुन्छ ? ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष दाहालको प्रश्न
  • सरकार कान नसुन्ने र आँखा नदेख्ने भएको स्थानीय तह कर्मचारी युनियनका महासचिव पौडेलको आरोप

काठमाडौंं पुष १४, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सामुहिक सौदाबाजीलाई सरकारले शत्रु दृष्टि लगाउनु पर्ने जरुरी नरहेको बताउनुभएको छ । शनिबार राजधानीमा सम्पन्न नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघको पहिलो राष्ट्रिय भेलालाइ सम्बोधन गर्दै नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकार सहभागितामा आधारित लोकतन्त्रको सिद्धान्त विपरीत सरकार एकलौटी अघि बढिरहेको बताउनुभएको छ ।

त्यस्तै काँग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले ट्रेड युनियन मुभमेन्टसँग सरकार अस्वाभाविक रुपमा अत्तालिएको पक्षतर्फ लक्षित गर्दै यसको कारक तत्व पहिल्याउँनु आवश्यक रहेको भन्दै लोकतन्त्रमा श्रमिकका कामको सम्मान नगर्ने सरकारको दवदवा भएपछि अन्यायको सृङ्खला शुरु हुने बताए । साथै उहाँले सम्बोधनकै क्रममा लोकतन्त्रमा सबैको जीत हुन्छ तर अहिले कसैले जित्ने र कसैले हार्ने स्थिति सृर्जना गर्न सरकार हौसिनु भनेको किमार्थ सकारात्मक लक्षण मान्न नसकिने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा ट्रेड युनियन महासंघ नेदरल्याण्ड (एफएनभि) का एशिया प्यासिफिक क्षेत्रीय निर्देशक प्रभु राजेन्द्रले, श्रमिकको पेशागत र औद्योगिक अधिकारको मात्र कुरा गरेर ट्रेड युनियनको जिम्मेवारी पूरा नहुने बताउँदै यसको पूर्णताका लागि उसको सामाजिक र आर्थिक अधिकार तथा समावेशिताको विषयमा पनि कुरा गर्नु पर्ने धारणा अभिव्यक्त गर्दै नेदरल्याण्डमा फोहोरमा काम गर्ने श्रमिकको ट्रेड युनियनमा १२ लाख सदस्य रहेको र यसले आवश्यक प¥यो भने सरकारलाई पूर्ण असफल बनाउने हैसियत राख्छ तर हामी शक्तिको दुरुपयोग गर्दैनौं, किनभने हाम्रो शक्तिका विषयमा सरकार जानकार रहेको बताउँदे ट्रेड युनियनका अगुवा श्रमिकका हरेक समस्यामा सचेत हुनुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै गरि युएनआइका क्षेत्रीय उपमहासचिव राजेन्द्र आचार्यले , अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गरेर मात्र टे«ड युनियन दरिलो बन्ने धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाली काँग्रेसले मुलुकको नेतृत्व गर्दै गर्दाको अवस्थामा बनेको ऐनका आधारमा ओली सरकारले नयाँ युगको शुभारम्भ भन्दै ल्याएका सामाजिक सुरक्षा भत्ता कार्यक्रम भएको बताउँदै प्रस्तुत कार्यक्रमको कार्यान्वयनको क्रममा सरकारले बनाएको कार्यविधिले अनौपचारिक क्षेत्रलाई छुटाएको आरोप लगाउँदै नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिला दाहालले अहिलेको ऐनले कुल श्रमिकमध्ये ४ प्रतिशतलाई मात्र समेट्छ, अब भन्नोस्, ९६ प्रतिशत लाभग्राही बाहिर राखेर कसरी नयाँ युग शुरु हुन्छ रु भन्दै प्रश्न गर्नु भएको छ ।

कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेलले, सरकार कान नसुन्ने र आँखा नदेख्ने भएको आरोप लगाउनुभयो भने युएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले — सबै क्षेत्रका श्रमिकहरुको संगठित शक्तिले मात्र अधिकार प्राप्ति हुने तर्क राख्दै अन्तरसम्बन्ध विकासमा जोड दिनुभयो । कार्यक्रममा कृषि मजदुर श्रमिक संघका अध्यक्ष बिमला गैरे, क्लास नेपालका अध्यक्ष लेखप्रसाद बुर्लाकोटीलगायतका बक्ताले परिपक्व टे«ड युनियन गतिविधिमा अगाडि बढ्नु पर्ने खाँचो देखाउनुभयो ।

श्रम कार्यालयमा दर्ता र स्थानीय तह कर्मचारी युनियन, नेपालसँगको आवद्धतामा नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ स्थापना गरिएको हो । औपचारिक र अनौपचारिक क्षेत्रमा रहेर सरसफाइ तथा वातावरणीय सुधारमा काम गर्ने व्यक्ति यसका सदस्य रहनेछन् । यसमा ६ जना पदाधिकारीसहित ११ जनाको कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्षमा पञ्चबहादुर तामाङ्, उपाध्यक्षमा चित्रकुमार सुनुवार, महिला उपाध्यक्षमा फुलकुमारी अधिकारी, महासचिवमा चन्द्र घिमिरे, सचिवमा श्याम कार्की र कोषाध्यक्षमा रीमा पुजारी रहेका छन भने सदस्यहरुमा ज्ञानबहादुर राय, शुक्रबाबु पोडे, डम्बरकुमार अधिकारी, सञ्जना पुजारी र ईश्वरी बुढाथोकी रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।