शुक्रबार, चैत्र १६, २०८०

कुमारी पुजा : जीवित देवी कुमारीको भेषभूषामा सजिएकी वालिका

काठमाडौं असोज १६,  राजधानीको बसन्तपुरमा आयोजित पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरुको पुजा अर्थात कुमारी पुजामा सहभागी वालिका सिम्रिना प्रधान  । कुमारी पूजामा मुलत कन्यालाई टिका लगाएर प्रसाद तथा दक्षिणा दिएर पुजा गरिन्छ । नेवार समूदायमा कुमारीको पुजा गर्नाले रोग नलाग्ने र आपत विपत नआउने र सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।