शुक्रबार, चैत्र १६, २०८०

कुन नेताले कहाँबाट मतदान गर्दै

 काठमाडौं मंसिर १०,   पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि आज ३२ जिल्लामा निर्वाचन हुँदैछ । विहान ७ बजेबाट सुरु भएको निर्वाचनमा केही शीर्ष नेताले पनि मतदान गर्दै छन् ।

जस अनुसार प्रतिनिधिसभा सदस्यका गोरखा–२ का उम्मेदवारसमेत रहेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्दै छन् भने भट्टराईसँग चुनावी प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्दै छ ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणााले सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसका नेता डा। रामशरण महत र अर्जुननरसिंह केसीले नुवाकोटबाट त्यसैगरी नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट र सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक, कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बु र युवा नेता रामहरि खतिवडाले ओखलढुंगाबाट ,अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट त्यस्तै गरि माओवादी केन्द्रका नेता जनार्दन शर्माले पश्चिम रुकुमबाट मतदान गर्दै भने नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले गोर्खाबाट मतदान गर्दै छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।