शुक्रबार, चैत्र १६, २०८०

किशोरी निर्मला हत्या प्रकरणको थप छानविनका लागि एआइजी बस्नेत नेतृत्वको समिति कञ्चनपुरमा

 काठमाडौं असोज २६, किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानविनका विभिन्न समिति बनेपनि अझैसम्म पनि हत्याराको कुनै मेलोमेसो पहिल्याउन नसकिरहेको अवस्थाका वीच नेपाल प्रहरीले एआइजी धिरु बस्नेतको नेतृत्वमा केहि समयअघि गठन गरेको समितिले घटनाको सत्य र वस्तुपरक छानविन गर्न भन्दै बस्नेत नेतृत्वको समिति कञ्चनपुर पुगेको छ ।

यसवीचमा प्रूतुत घटनाको अनुसन्धानका लागि गठित अरु समितिले प्रहरीको लापरवाही पक्षलाइ इङगीतगरेसंगै समितिले यस विषयमा समेत स्थलगत छानविन गर्ने जनाईएको छ ।

 त्यसो त बस्नेत नेतृत्वको समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको भएपनि अव भने  समितिले पीडित परिवारलगतायत अन्य सरोकारवालासँग छलफल गर्ने बताइएको छ । स्मरण रहोस, नेपाल प्रहरीले डिआइजी बस्नेत एआइजीमा बढुवा सिफारिस भएसंगै उहाँको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयले  नौ सदस्यीय १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानका लागि नयाँ समिति बनाएको हो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।