शनिबार, बैशाख ८, २०८१

कालिकादेवि माबिको ३०औँ बार्षिकोत्सव सम्पन्न

 नुवाकोट फागुन २५,  नुवाकोट  जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ६ स्थित समुन्द्रादेविको गुर्जेमा अबस्थित कालिकादेवि माविले ३०अौँ बार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमकावीच मनाएको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमम प्रमुख अतिथी थापाले शिक्षा क्षेत्रको बिकासले समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै देशको सर्बाङ्गिण बिकासमा सहयोग पुग्ने बताउँदै कालिकादेवि माविले समग्र शिवपुरीको बिकासमा टेवा पुग्ने गरी शिक्षा प्रवाह गर्नु पर्नेमा बताउँनु भएको थियो । त्यस अवसरमा उहाँले बिज्ञान प्रदर्शनी प्रयोगशालाको पनि उदघाटन गर्नु भएको थियो ।

कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दावाङ तामाङको सभापतित्वमा एवम् अतिथिहरु वडा नं ६ का वडाअध्यक्ष लालबहादुर तामाङ, वडा सदस्य ज्ञानबहादुर तामाङ , एमाले नेता जितेन्द्र बिष्ट, सहकार्य समाज नेपाल नुवाकोटका अध्यक्ष निलकण्ठ आचार्य लगायत बिधालयका प्रध्यानध्यापक उपस्थित रहेको उक्त कार्यक्रममा सागिंतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।