शुक्रबार, चैत्र १६, २०८०

कार्यालय प्रमुख सुवेदी सहित १६ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौ आषाढ १८,  सवारी चालक अनुमतिपत्रमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय भेरीका १६ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृत सीताराम खनाल, 19665319_860172387465412_3871067857032419226_nडेकराज पोखरेल, विष्णु सहनी, ध्रुवप्रसाद देवकोटा, मेकानिकल इन्जिनियर अर्जुनकुमार चौधरी, प्रहरी निरीक्षक विमलकुमार उपाध्याय, नायब सुब्बा ललितबहादुर ओली, केशवराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय, अरुणकुमार गौतम, डिलारम खरेल, ओमबहादुर बस्नेत, गणेशमान आचार्य र प्रहरी नायब निरीक्षक दीपेन्द्रबहादुर सिंहविरुद्ध आज मुद्धा दायर गरेको हो ।

आयोगका अनुसार विसं २०७३ कात्तिक ५, ६, ७ र ८ गते भएको लिखित परीक्षामा सहभागी १२ हजार ६३१ मध्ये नौ हजार ४०९ जना परीक्षार्थी उत्तीर्ण गराई नतिजा प्रकाशन गरिएको थियो । तीमध्ये प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका ४६५ जना परीक्षार्थीलाई सवारी चालक अनुमति दिइने निर्णय परीक्षा समितिले गरेको थियो । तर परीक्षमा उत्तीर्ण नभएकालाई समेत सवारी चालक अनुमति दिइएको  त्यस्तै लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षण नै नगरिएका ३३ जना परीक्षार्थीलाई लिखित परीक्षामा उत्तीर्ण गराई परीक्षाको परिणाममा फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।