शुक्रबार, चैत्र १६, २०८०

कामपा २० मा शान्ति सुरक्षा विषयक अन्र्तक्रिया

काठमाडौं माघ २७ , जनसेवा सामूदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रद्धारा राजधानीको कामपा वडा न २० लगायत आसपासका क्षेत्रमा हुन सक्ने यावत अराजक क्रियाकलापको न्यूनिकरण गर्दै   शान्ति सुरक्षा बनाइ राख्न आवश्यक रणनितिक योजना तयार गर्ने लक्ष्य सहित शान्ति सुरक्षा विषयक अन्र्तक्रियाको आयोजना गरिएको छ ।

अन्र्तक्रियामा स्थानीय नागरिकहरुले आफ्नो क्षेत्रमा हुन सक्ने हुँदै गरेकाअपराधिक गतिविढी र सोका न्यूनिकरणका लागि अवलम्बन गर्नु पर्ने उपाय सहित उठानगरेका जिज्ञासाको महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख मोहन कुमार थापाले सुनवाइ गर्नु गर्दै शान्तिसुरक्षाका लागि
आवश्यक समपूर्ण उपाय अवलम्वन गर्ने प्रतिवद्धा अभिव्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्थानीय निकायका नवनिर्वाचित वडाध्यक्ष राजेन्द्र मान्नधर, सामुदायिक प्रहरी सेवा केन्द्रका कावा अध्यक्ष विकास भक्त श्रेष्ठ, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य, कामपा वडा न २० पूर्व अध्यक्ष विजयकृष्ण श्रेष्ठ र वडा समितिका निर्वाचित पदाधिकारीले महानगर अन्र्तगत रहेका वडा समिति र यस आसपासका क्षेत्रलाइ कुनैपनि किसिमको अभाव ,दवाव र प्रभावबाट मुक्त राख्दै स्थानीयलाइ निरन्तर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँन स्थानीय निकायसंगको सहकार्यमा प्रहरीले आफ्नो गतिविढी सञ्चालन गनुपर्ने निष्कर्षको पहिचान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।