शुक्रबार, चैत्र १६, २०८०

कामपाद्दारा राजधानीका विभिन्न क्षेत्रमा १० एमबीपीएसको इण्टरनेट जडान

 काठमाडौ असार १८, काठमाडौ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ ।  काठमाडौ महानगरपालिकाले   राजधानीको  सम्पदा  क्षेत्र सहित   विभिन्न  सार्वजनिक स्थान  क्रमस पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा जडान गरिएको  इन्टरनेट सेवा  नागरिकले निःशुल्क प्रयोग गर्न पाउने  जनाएको  छ ।

कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार ति स्थानमा केही दिनअघि सर्वसाधारणको प्रयोजनार्थ १० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट जडान गरेको जनाउँदै आवश्यकता अनुरु थप क्षेत्रमा पनि सेवा विस्तार गरिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।