शुक्रबार, चैत्र १६, २०८०

कानून व्यवसायीको इज्जत र प्रतिष्ठामा आँच आउँने काम नर्गन बारको ध्यानाकर्षण

काठमाडौं पुस १३ , नेपाल बार एशोसिएशनले बुधबार साँझ उच्च अदालत बार एशोसिएशनका पूर्व सदस्य तथा अधिवक्ता रामकुमार आचार्यलाई प्रतिरक्षा गरेको पक्ष (कैदी) लाई भगाएको आरोपमा प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ ।

बारका महासचिव खम्मबहादुर खातीले विहिवार एक विज्ञप्ति जारी गर्दै विधिको शासन, कानून राज्य र मानव अधिकारको विषयमा वकालत गर्ने कानून व्यवसायीलाई कैदी भगाएको झुठो आरोप लगाउँदा कानून व्यवसायीको इज्जत र प्रतिष्ठामा आँच आउने कार्य भएको उल्लेख गर्दै यस किसिमको कार्यको निन्दा एवम् भत्सर्ना गरेको छ ।

त्यस्तै विज्ञप्तिमा यस किसिमको घटनाले सम्पूर्ण कानून व्यवसायी मर्माहत भएको हुँदा आगामी दिनमा अदालत, कर्मचारी प्रशासन र विधिको शासन मान्ने सबैले जिम्मेवार हुन बारले ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।