शनिबार, बैशाख ८, २०८१

कात्तिक नाच फोटो प्रतियोगिताको तेस्रो पुरस्कार फोटो पत्रकार प्रधानलाइ

काठमाडौं पुस १४, तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि प्रदर्शन हुँदै आइरहेको साँस्कृतिक कात्तिक नाच अन्र्तगत व्यवस्थापन समितिद्दारा संस्कृति संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तस्बिर प्रतियोगितामा प्राप्त विभिन्न २२ वटा तस्बिर मध्ये ४ वटा तस्बिर लाइ उटकृष्ट तस्बिर घोषित गर्दै सम्मानीत गरिएको छ

प्रस्तुत प्रतियोगितामा यस  http://www.kantipurhotline.com/ अनलाइनका फोटो पत्रकार अनुप प्रधानको फोटोले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन भने बाँकी पहिलो दोस्रो र चौथो पुरस्कार क्रमस जय महर्जन अभिनव जोशी र जापानी नागरिक नावकी मेइगावाले जितेका छन ।प्रस्तुत प्रतियोगिताका लागि महर्जन र जोशीले खिचेको क्रमशः क्रोध मुद्रामा बसेका बराह र नरसिंह अवतार, प्रधानले बीचमा भैरव दाया“ कुमारी र बाया“ महालक्ष्मीसहितको देवी नृत्य गरिरहेको र मेइगावाले खिचेको कलाकार सिंगारि रहेको फोटो पुरस्कारका लागि छनोट भएको हो ।  

यसै अवसरमा प्रस्तुत प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल फोटो पत्रकार प्रधानलाइ थप सफलताको कामना सहित हार्दिक बधाइ ज्ञापन गर्दछौं ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।