शुक्रबार, चैत्र १६, २०८०

काठमाडौ ट्रेड युनियन काँग्रेसमा भुसाल

 काठमाडौ चैत ३० , नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौं जिल्ला अधिवेशनले देवीप्रसाद भुसालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।    जिल्ला अधिवेशन अन्र्तगत विहिवारर सम्पन्न निर्वाचनको सम्पन्न मतगणनाको प्राप्त परिणाम अनुसार भुसालले प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै ८२४ सहित निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, खुल्ला उपाध्यक्षमा ईश्वरकृष्ण घिमिरे, महिला उपाध्यक्ष तारादेवी केसी, सेवा उपाध्यक्ष धनप्रसाद पौडेल, उत्पादन उपाध्यक्ष उदयबहादुर लामा, उपाध्यक्ष अनौपचारिक योगेश केसी, सचिव विष्णुप्रसाद कोइराला, सहसचिव प्रह्लाद फुयाँल र राजनकुमार कार्की, कोषाध्यक्ष विमल तिमल्सेना र सहकोषाध्यक्षमा मोनिका तामाङ विजयी हुनुभएको छ ।

यसैगरी सदस्यमा उत्तम पौडेल, गणेश धिताल, गिरिराज अर्याल, धर्मसागर ढकाल, प्रभुदास न्यौपाने, गीता भट्टराई, नरमाया तिमल्सेना, सिर्जना अर्याल र याञ्जुदेवी दाहाल विजयी हुनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।