बिहिबार, बैशाख १३, २०८१

काठमाडौं महानगरले महानगर दिवस सहित ३ दिने महोत्सव भव्यताका साथ मनाउँने

काठमाडौं मंसिर २७,  काठमाडौं महानगरपालिकाले शनिवार विविध कार्यक्रम सहित २४ औं महानगर दिवस एवम महोत्सव मनाउँने भएको छ । विगतमा महानगर मुख्यालमात्र केन्द्रीत हुने गरेको अवस्थालाइ क्रमभङ्ग गर्दै यसपटक केन्द्रीय र प्रदेश सरकारको प्रत्यक्ष उपस्थितीमा भव्यताकासाथ जनस्तरिय कार्यक्रम सञ्चालन गर्ने  तयारी महानगरले गरेको छ ।

महानगर दिवसको सवालमा सञ्चालन गरिने कार्यक्रमको जानकारी दिन आज महानगर मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने एक विशेष कार्यक्रमकावीच प्रथम मेयर जनकमान श्रेष्ठको सम्मान सहित महानगरभित्रका विभिन्न परम्परागत बाजा समूहका गुरुको सम्मान करदाता विशेष सम्मान र ५० हजार राशीसहितको शुशासन पत्रकारिता पुरस्कार विद्यालय स्तरवृद्धि पुरस्कार वितरण दिर्घसेवा पदक सम्मान अर्पण लगायतका कार्यक्रमसमेत आयोजना गरिने जानकारी दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्ममेलनमा प्रमुख शाक्यले भने स्थानीयमा महानगरप्रति अपनत्व भाव जागृत गर्ने लक्ष्य सहित जति पनि बाजागुरुहरु छन उहाँहरुसवैलाइ प्रतिव्यक्ति रु २५ हजार रुपैयाँ राशीसहित सम्मान गरिने जानकारी दिन भएको छ । त्यस्तै उहाँले दिवसको मुल कार्यक्रमको समापन संगै ३ दिने महानगर महोत्सवको सुभारम्भ हुने र महोत्सवको क्रममा महानगरभित्रका सास्कृतिक , धार्मिक सामाजिक वैभवको प्रदर्शनको अलावा परम्परागत झाँकी , स्थानीय कला, संस्कृति, खाद्य र अन्य वस्तुको प्रदर्शन गरि नगरको मौलिक पहिचानको माध्यमबाट पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्नुभएको छ ।

साथै महोत्सवकै क्रममा बसन्तपुरमा ज्यापु महागुथि काठमाडौं समितिको तर्फबाट सास्कृतिक कार्यक्रम हनुमानढोका, टेङगल ,असन, किलागल ठहिँटी लगायतका क्षेत्रमा खानाको फुडस्टल राखिने भएको छ । समग्रमा महोत्सव काष्ठमण्डप, यट्खा बहाल, नरदेवी, टेङ्गाल, क्षेत्रपाटी, ठमेल, ज्याठा, ठहिंटी, ढोका बहाल, असन, न्हायकंतला बाँगेमुढा, भेडासिंलगायत क्षेत्रमा सञ्चालन हुनेछ । त्यस्तै मछिन्द्र बहाल, किलागल, इटुम्बहाल, इन्द्रचोक, मखन, हनुमानढोका, बसन्तपुर, ओम बहाल, लगन, ब्रम्हटोल, , ओन्दे, ह्यूमतः, , जैशी देवल, कोहिटी, भीमसेनस्थान लगायतका क्षेत्र समिटिने महोत्सव सञ्चालनका लागि  भित्री सहरी क्षेत्रका महनगरका वडा अध्यक्षहरु क्रमस १२, १७,१८, १९, २०,२१, (२२ , २३ , २४ २५,२६,२७ का विकास डंगोल, नवीन मानन्धर, न्हुछेकाजी महर्जन , शशिलाल श्रेष्ठ , राजेन्द्र मानन्धर , उदय चुणामणि बज्राचार्य , चिनिकाजी महर्जन , मचाराजा महर्जन , बालकृष्ण श्रेष्ठ , नीलकाजी शाक्य , ख्यामराज तिवारी , र चिनियाँमान बज्राचार्यलाइ विशेष संयोजनको अख्तियारी दिएको छ ।

पत्रकार सम्म्मेलनमा महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले , महानगर प्रवक्ता इश्वरमान डंगोल र कामपा प्रमुखका प्रेस सल्लाहकार राजेन्द्र स्थापितको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।