बिहिबार, चैत्र १५, २०८०

काठमाडौं निर्वाचन क्षेत्र न. ८ काँग्रेसको नभइ वामपन्थीको अखडा हो :जीवनराम श्रेष्ठ

-प्रतिनिधीसभा सदस्यका उम्मेदवार काठमाडौं निर्वाचन क्षेत्र न. ८- 

  २०३६ सालको विधार्थी आन्दोलन र मंका खलको अगुवाइमा भएको भाषिक आन्दोलनबाट मुलुकको राजनैतिकवृतमा स्थापित भएका युवा नेता जीवनराम श्रेष्ठ नेकपा एमाले विभिन्न तह र तप्काको कुशलतापूर्वक जिम्मेवारी सम्हाल्दै आउनु भएका व्यक्तित्व हुनुहुन्छ । मुलुकमा प्रजातन्त्रको पुर्नस्थापना पछि २०४९मा काठमाडौं तत्कालीन महानगरपालिका वडा न १५ का निर्वाचित वडाअध्यक्ष समेतको जिम्मेवारी 

सम्महाल्दै डल्लु आवास क्षेत्रको अवधारणाको कार्यान्वनमा महत्वपूर्ण फड्को मार्दै आफ्नो पहिचानमा नयाँ आयाम थप्न सफल व्यक्तित्व हुनुहुन्छ ।  त्यस्तै क्षेत्रमा क्रियाशील हुने क्रममा विभिन्न आरोह अवरोह पार गर्दै ०७२को महाभूकम्पको समयमा समेत दिलोज्यान दिदै भूकम्प पिडित आर्तहरुको चहराइ रहेको घाउँमा मलमपत्ति र सहयोगका लागि यो वा त्यो नभनी सहयोगी हात सहित आफुलाइ  सक्रिय तुल्याउँदै आउनु भएको छ ।

  • त्यो वेला भाइ फुटे गवाँर लुटे भएको हो ।

  •  सासंदका कारणले काष्ठमण्डप जस्तो महत्वपूर्ण सम्पदा बन्न नसकेको आरोप  ।

  •   काठमाडौं निर्वाचन क्षेत्र न. ८ वत्तीमुनीको अध्यारोबाट प्रताडित  ।

  •  काठमाडौं निर्वाचन क्षेत्र न. ८ काँग्रेसको नभइ वामपन्थीको अखडा हो ।

 यसै सेरोफेरोमा नेकपा एमालेले काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये एकदमै पृथक कला संस्कृतिको भण्डार अर्थात विश्व सम्पदा सूचीमा सूचिकृत अनेकन अमूर्त सम्पदा सहितको व्यापारिक पर्यटनको मुल आधार समेत रहेको काठमाडौं निर्वाचन क्षेत्र न. ८ मा मंसिर २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचनको लागि बाम गठबन्न्धको तर्फबाट उम्मेदवार बनाएको छ श्रेष्ठलाइ । त्यसो त उम्मेदवार श्रेष्ठको  लागि यो निर्वाचन क्षेत्र विल्कुलै नयाँ भने होइन । यद्यपी २० ६४ र ७० को संविधानसभाको लागि भएको निर्वाचनमा उहाँ र उहाँ आवद्ध पार्टीले आफ्नो वर्चश्व कायम गर्न सकेनन ।

 तथापी यस पटक पुन उम्मेदवार श्रेष्ठलाइ नेकपा एमालेले निर्वाचनको मैदानमा नयाँ आयाम जोस र उमंग सहित उतारेको छ । यसै प्रसंगमा दक्षिण एशियाली ओल्म्पिक काउन्सिलका अध्यक्ष समेत रहेका प्रष्ट वक्ता जुझारु व्यक्तित्वको धनी उम्मेदवार श्रेष्ठसंग उहाँका नविनतम चुनावी तयारी लगायतका सवालमा केन्द्रीत रहेर यस कान्तिपुर हटलाइनको स्थायी स्तम्भ समसामायिक वार्ताको लागि गरिएको विस्तृत संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

  • संविधानको कार्यान्वयन , गरिवीको अन्त्य र  सुशासन सहित वामपन्थी सरकारले समृद्ध मुलुक निर्माण गर्ने दावी  ।

  • वामपन्थी उम्मेदवारको पक्षमा जनलहर

  • १० वर्ष सम्म पनि कुनै सार्थक विकास नभएको आम मतदाताको गुनासो

  •  इतिहास हेर्ने हो भने, जतिपनी जनपक्षिय काम भएको छ त्यो सव कमन्युष्ट सरकारको कार्यकालमा भएको छ ।

  •  काँग्रेस निहित स्वार्थमा लिप्त भएको भन्दै  मतदातालाइ आर्थिक प्रलोभनबाट बच्न आग्रह  ।

  •  बाटो फराकिलो पार्दैमा गगनचुम्वी घर बन्दैमा त्यसलाइ विकास मान्न सकिदैन  ।

  •  विकासको नाममा राज्यले जनताको उठिवास लगाउँदै राज्य आतंक मच्याउँन पाउँदैन  ।

  •  महाभूकम्पको समयमा अहोरात्र क्रियाशील रहेको जनाउ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।