बुधबार, बैशाख १२, २०८१

काठमाडौं काँग्रेस क्षेत्र न ८ रणनैतिक परिवर्तनको पूर्व तयारीमा

काठमाडौं जेठ २ , काठमाडौं काँग्रेस क्षेत्र न ८. कार्य समितिको बैठक सम्पन्न भएको छ । समितिका उपभासभापति बद्री नेपालको अध्यक्षतामा बसेको बैठकले मुलत काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशी त्यस्तै गरि महासमिति सदस्य राजुराज जोशीका पिताजी गजेन्द्रराज जोशीको असामयिक निधन त्यस्तै गरि क्षेत्रीय सदस्यहरु दिपेन्द्र मान्नधर, राजेन्द्रराम श्रेष्ठको ममतामयी माताको निधनमा शोक प्रस्ताव पारित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

क्षेत्रीय सचिव राजेश श्रेष्ठले आगामी शुक्रवार बस्ने अर्को बैठकले मुलुकको पछिल्लो परिवर्तित घटनाक्रम अनुरुप संगठनलाइ चुस्त दुरुस्त बनाउँन नितिगत निर्णय गर्ने तयारी रहेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।