बिहिबार, बैशाख १३, २०८१

काठमाडौंको परिचायक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको कार्य निर्धारित समयसिमा भित्रै : पुनःनिर्माण समितिका अध्यक्ष शाक्य

काष्ठमण्डप पुनःनिर्माण कार्यको सुपरभिजन गर्दै समितिका अध्यक्ष शाक्य लगायतका स्थानीय

काठमाडौं मंसिर २०, २०७२ बैशाख १२ को महाभूकम्पका कारण क्षतिग्रस्त कामपा वडा न २०स्थित काठमाडौंको परिचायक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको कार्य धमाधम हुँदै गरेको छ ।  १२ औं शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गर्न लगाईएको मानिने कुल २ रोपनी क्षेत्रफलमा फैलिएको काष्ठमण्डप पुनःनिर्माणको क्रममा मण्डपको स्वरुप, शैली र संरचना पुरातात्विक प्रारुपमा पुरातत्व विभागबाट स्वीकृत नक्साको आधारमा हुने बताईएको छ ।

(महाभूकम्पका कारण क्षतिग्रस्त हुनुपूर्व यस परिसरमा वावा गोरखनाथको मूर्ति रहेको थियो । )

काठमाडौं महानगरपालिकाले महानगरको आधारस्तम्भ पुर्न निर्माणका लागि काष्ठमण्डप पुननिर्माण समितिलाइ थप ५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराईसकेको छ ।

निर्माण समतिले आगामी माघ १५ भित्र पहिलो तलाका थाम उभ्याउने र २०७६ असार मसान्तभित्र पहिलो तलाको पुननिर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको समितिका अध्यक्ष एवम् प्रदेश सासंद राजेश शाक्यले जानकारी दिदै निर्धारित समयसिमा भित्रै पुनःनिर्माणको कार्य सम्पन्न हुने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।