शुक्रबार, बैशाख ७, २०८१

काङ्ग्रेस नेता ताम्राकारको निधन, काँग्रेसद्दारा शोक व्यक्त

काङ्ग्रेस जागरण अभियान शुभारम्भको प्रस्तावित मिति सर्यो

काठमाडौ वैशाख १०,  नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।  निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना हुनुभएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेस मुख्यालले जनाएको छ ।

नेता ताम्राकारको निधनको खबरसँगै अहिले साँझ काँग्रेस केन्द्रीय समितिको बसेको आकस्मिक बैठकले  विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील रही पञ्चायती कालरात्रीमा समेत पटक–पटक जेलनेल र यातना भोग्दै बी।पी। कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवन पर्यन्त क्रियाशील रहनु भएको जनाएके छ ।

त्यस्तै कांग्रेसको संगठन सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान रहेको पु¥याउनु भएका नेता ताम्राकार नेपाली कांग्रेसको एकीकरणमा विशिष्ट योगदानको उच्च सम्मान गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय समितिको बैठकले दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गरेको छ ।

त्यस्तै बैठकले पूर्व मन्त्री समेत रहेका रामकृष्ण ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीकालागि बुधवार विहान १०ः३० देखि दिउँसो १ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवनको प्राङ्गणमा राखिने र त्यसपछि भोलि नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिने जनाएको छ ।

साथै दिवंगत नेता रामकृष्ण ताम्राकारको सम्मानमा   वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्नुको साथै  १३ औं दिनमा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

यसैवीच नेपाली काङ्ग्रेसको आसन्न हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियानकाु शुभारम्भ मिति परिवर्तन भएको छ । यसअघि भोली लोकतन्त्र दिवसको अवसरमा ११ देखि शुरु कार्यक्रम तय भएको थियो । तर यस वीचमा पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनका कारण प्रस्तावित मिति परिवर्तन गर्दै आगामी वैशाख २५ गतेदेखि अभियानको शुभारम्भ गर्ने निर्णय गरिएको हो ।

आज साँझ बसेको काङ्ग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पहिलो चरणमा हुन लागेको जागरण अभियान पार्टीका नेताको निधनका कारण वैशाख २५ गतेदेखि गर्ने निर्णय गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु