बिहिबार, चैत्र १५, २०८०

काङ्ग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा

काठमाडौ चैत ६ ,  नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन चैतको अन्तिम साता पोखरामा हुने भएको छ । सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने  जानकारी दिदै  राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिन सम्मेलनले योगदान दिने बताउनुभयो ।

सम्मेलनले पार्टीको गुट उपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिने तथा सदस्यता वितरण तल्लो तहदेखि सिफारिसका आधारमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्न सहयोग पु-याउने उहाँले बताउनुभयो ।

कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगार व्यवस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने बताउनुभयो । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।