मङ्लबार, बैशाख ४, २०८१

काङ्ग्रेस केन्द्रीय समिति बैठक असोज २१ गते

काठमाडौ असोज १९ ,आजको लागि आव्हान गरिएको काङ्ग्रेस केन्द्रीय समितिको बैठक असोज २१ गतेका लागि सारिएको छ ।

शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरु काठमाडौ बाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो । पछि नेता उपलब्ध हुने देखिएपछि असोज २१ गतेका लागि बैठक तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्ल्ेख गरिएकोछ ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, नेपाल विद्यार्थी सङ्घको विधान पारित, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।