शनिबार, बैशाख ८, २०८१

काङ्ग्रेसको ४९ बुँदे आर्थिक प्रतिवेदन पारित

काठमाडौ मंसिर २४ , नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव पारित गरेको छ । पार्टीको समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा प्रकाशशरण महतले गत १९ गतेको बैठकमा दफावार छलफलको लागि उक्त प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तावमा पार्टीका संस्थापक नेता बिपी कोइरालाले अख्तियार गर्नुभएको आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकादै प्रस्तुत गरिएको उक्त प्रस्तावमा उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिलाई काँग्रेसले आफ्नो आर्थिक नीतिमा समेटिएको जानकारी दिदै सङ्घीय व्यवस्थालाई आर्थिक प्रभावकारिता र पहुँच बढाउन संविधानले परिकल्पना गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तत्काल क्रियाशील गराउने र सशक्त बनाउने लक्ष्य लिइएको उक्त आर्थिक नीति आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुने पार्टीको महासमिति बैठकमा पेश गरिनेछ ।

तर यसअघि प्रस्तुत विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन । मस्योदामा पदाधिकारी सङ्ख्या बढाउने/नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा सहमति बन्न नसक्दा उक्त प्रस्ताव पारित हुन नसकेको हो । त्यस्तै आर्थिक नीति पाारितसँगै राजनीतिक प्रस्ताव उपर छलफल हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।