बिहिबार, बैशाख १३, २०८१

कांग्रेसका सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौ असार २२,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्बोचे सडक निर्माणका क्रममा खटिएका मजदूर चढेको टिपर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु भएको दुख व्यक्त गर्नुभएको छ ।

कांँग्रेस मुख्यालयद्दारा आज जारी प्रेस विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा घाइतेको शीघ्र स्वाथ्यलाभको कामना समेत  गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।