शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस केन्द्रीय समिति : नेविसंघको विषयमा अर्को बैठकबाट नितिगत निर्णय हुँने

काठमाडौं माघ २४,  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा पार्टीको भातृ संगठन नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता दिने वा तर्दथ समिति बनाउँने भन्ने सवालमा छलफल भएको बुझिएको छ । बैठक मुलत पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा केन्द्रीत रहेको जानकारी दिदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको विषमा अर्को बैठकबाट नितिगत निर्णय हुँने बताउनु भएको छ

त्यस्तै प्रवक्ता शर्माले बैठकमा वोल्ने अधिकांश सदस्यले सङ्घको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको जानकारी दिदै सङ्घको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको सवालमा गरिएको आगामी महाधिवेशनबाट लागु हुने जनाउ दिनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

त्यस्तै काङ्ग्रेस महासमिति बैठकले केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न दिएको सुझावका सवालमा पनि मसिनो छलफल सुरु भएको बताउँदै उहाँले माघ २८ गते विहान बस्ने बैठकबाट यावत विषयमा नितिगत धारणा तय गरिने बताउँनु भएको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु  बलबहादुर के।सी।, डा। नारायण खड्का, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, डा। शेखर कोइराला, डा। चन्द्रकान्त भण्डारी, शंकर भण्डारी, गगन थापा, गुरुरराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031