शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस केन्द्रीय समितिको बैठक दिउँसो ४ बजेसम्मको लागि स्थगित

 काठमाडौ असोज २०, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो ४ बजेसम्मको लागि स्थगित भएको छ । आज विहान ८ बजे बैठक बोलाईएको भएपनि दुई घण्टा ढिला गरी सुरु हुनु र आज १ बजे बस्ने  व्यवस्थापिका संसदको बैठ���मा पनि १ दर्जन भन्दा बढि महत्वपूर्ण विधेयक निर्णयनार्थ प्रस्तुत हुने कार्य सूची रहेका कारण बैठक स्थगन गरिएको थाहा भएको छ ।

यद्यपी आजको काँग्रेस केन्द्रीय समतिको बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले सामसामयिक राजनीतिक घटनाक्रमकोे बारेमा आफ्नो धारणा राखेका छन् । उनले अहिले बाम शक्तिहरुबीच एकता भएर सँगै चुनाव लड्ने घोषणा समेत भईसकेको अवस्थामा नेपाली काँग्रेसले पनि गुटगत विभाजनमा नलागी एकीकृत भएर चुनावमा होमिनुपर्नेमा जोड दिदै अव सबै काँग्रेसी र लोकतान्त्रिक पक्षधर शक्ति मिल्नुको कुनै विकल्प नरहेको धारणाा राखे लगत्तै बैठक स्थगन गरिएको हो ।
बैठकमा सहभागी काँग्रेस नेता अर्जुन नरसिंह केसीले केन्द्रीय समितिको  बैठकका थप एजेन्दामा ४ बजे बस्ने बैठकमा छलफल हुने जानकारी दिनु भएको छ ।