शनिबार, बैशाख ८, २०८१

काँग्रेस उपसभापति पौडेलसहितका नेताहरु क्यान इन्फोटेक प्रदर्शनीमा

  काठमाडौँ पौष २१ राजधानीको भृकुटीमण्डपमा जारी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक–२०१४ काँग्रेसका उपसभापति रामचन्द्र पौडेल तथा केन्द्रीय  सदस्यहरू नवीन्द्रराज जोशी र बद्री पाण्डेलगायतका नेताहरूले आज अवलोकन भ्रमण गर्नु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गरेको सो प्रदर्शनीमा उपसभापति पौडेललगायतका नेताहरूले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विकास भएका नवीनतम प्रविधिबारे जानकारी लिनुभएको थियो । अवलोकन भ्रमण पछि पत्रकारसँग कुरा गर्दै उपसभापति पौडेलले विश्वव्यापी रूपमा सूचना तथा प्रविधिको क्षेत्रमा भएको विकासलाई आत्मसात् गरेर अघि बढ्न सके नेपाल जस्ता देशले आर्थिक विकासको क्षेत्रमा फड्को मार्न सक्ने बताउनुभयो । यसै अवसरमा क्यानका अध्यक्ष विनोद ढकाल तथा महासचिव अमृत पन्तलगायतका पदाधिकारीले प्रदर्शनीबारे जानकारी गराउँदै सूचना प्रविधिको आवश्यकतालाई नीतिगत रूपमा राज्यले महत्व दिनुपर्ने माग उपसभापति पौडेलसँग राख्नुभएको थियो । (तस्विर सूर्यचन्द्र बस्नेत)