शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन लक्षित छलफलमा

काठमाडौ माघ १ ,नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनलाइ लक्षित गर्दै आवश्यक छलफल शुरु गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताबीच भएको छलफलको क्रममा निर्वाचन लक्षित उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य लगायत विषयमा प्रारम्भिक छलफल गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने सवालमा आजको बैठकमा छलफल भएको र यस विष्यमा केहि दिन भित्रै नितगत निर्णय हुने बताउँनु भएको छ ।  यसको लागि काँग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत थालेको उहाँले जानकारी दिनु भएको छ । आजको छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।