शनिबार, बैशाख ८, २०८१

काँग्रेसको केन्द्रीय समितिको बैठकमा हिन्दुराष्ट्र र राजसंस्थादेखि संघीयता खारेज सम्मका विषयमा छलफल गर्ने तयारी

काठमाडौं चैत ८,  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक नेताहरुले विभिन्न एजेण्डामा छलफल गर्ने तयारी गरिरहेका छन् । बैठकमा मुलत निर्वाचनमा पार्टी पराजित हुनुको कारण लगायतका विषयमा घनिभुत छलफल हुने सम्वद्धस्रोतले जनाएको छ ।

त्यस्तै प्रतिपक्षी दलको रुपमा काँग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयको अलावा हिन्दुराष्ट्र र राजसंस्थादेखि संघीयता खारेज गर्नेसम्मका एजेण्डा समेत बैठकमा महत्वका साथ प्रस्तुत गर्ने तयारी रहेको बताईएको छ ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समुह���े भने पार्टी नेतृत्वको चर्को आलोचना गर्ने तयारी गर्दैगर्दा देउवा समुहले भने चुनावमा कांग्रेस पराजित हुनुको कारण नेतृत्व कमजोर भएर होइन भन्ने कुराको पुष्टी गर्ने तयारी सहितको गृहकार्यमा जुटिरहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।