शनिबार, बैशाख ८, २०८१

कलेज निजीकरण विरुद्ध विधार्थी आन्दोलित

भक्तपुर भाद्र १५ ,    २०६० भाद्र ४ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा गैरनाफामूलक सामाजिक संस्थाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इञ्जिनियरिङ कलेज निजीकरणको विरोधमा सुरु गरेको विरोधका कारण कलेजका विद्यार्थीले बुधवार जिल्ला प्रशासन कार्यालय Captureभक्तपुरमा धर्ना दिएका छन् ।

विद्यार्थीले निजीकरण हुनबाट जोगाउन माग गर्दै सुरु गरेको विरोधका कारण कलेजमा गत सातादेखि पढाइसमेत अवरुद्ध भएको छ । कलेजमा पोखरा विश्वविद्यालयको सम्बन्धनमा इञ्जिनियरिङतर्फ स्नातकोत्तर तहसम्मको पढाइ हुँदै आएको छ ।

त्यस्तै इञ्जिनियरिङ कलेजको निजीकरणविरुद्ध स्थानीयवासी र राजनीतिक दलसमेत आन्दोलनमा उत्रिएका छन् । दुवाकोट, झौखेल, चाँगुनारायणका स्थानीय बासिन्दाले विद्यार्थीसँगै कलेजमा धर्ना दिन थालेका छन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इञ्जिनियरिङ कलेजको निजीकरण किन र केका लागि भन्दै अनुसन्धान शुरु गरिसकेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।