बिहिबार, बैशाख १३, २०८१

कर्माचार्यको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौ चैत ८ संस्कारभित्रका सुक्ष्म विषयको ज्ञान हुने तथा त्यस्ता ज्ञानको प्रवर्धन गर्ने अगुवाहरुको सम्झना गरिएन भने संस्कृतिको मर्म हराउने संस्कृतिविद्हरुले चिन्ता व्यक्त गरिएको छ । बुधबार, प्रेमपूर्ण कर्माचार्यको सम्झनामा प्रकाशित “जिँ म्हस्युम्ह” अर्थात् “मैले चिनेको” नामक स्मृतिग्रन्थ लोकार्पण गर्दै संस्कृतिविद्हरुले यस्तो चिन्ता व्यक्त गरेको हो ।

 सानुमैया असहाय सेवा कोषले तयार पारेको स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा शताव्दीपुरुष डा सत्यमोहन जोशी वौद्ध दर्शनमा आधारित सांगीतिक नाटकको संयोजन गरेर देशी विदेशीमाझ वौद्ध धर्मको प्रभाव विस्तारमा कर्माचार्यको योगदान अतुलनीय रहेको बताउँनु भएको थियो ।

कार्यक्रममा  अखिल नेपाल भिक्षु महासंघ संघ उपनायक ज्ञानपूर्णिक महास्थवीर  भृगुराम श्रेष्ठ, कवि दूर्गालाल श्रेष्ठ, शिक्षाविद् लक्ष्मण राजवंशी, शान्तदास मानन्धर, पद्मरत्न तुलाधर, प्राध्यापक सुवर्ण शाक्य, सहप्राध्यापक न्हुच्छेबहादुर डंगोल, मल्ल के सुन्दर, प्राध्यापक माणिकलाल श्रेष्ठ, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रेमध्वज प्रधान, योगेश वैद्यलगायत समाजमा क्षेत्रगत रुपमा अगुवाई गर्ने ४२ जना लेखकले कर्माचार्यको  स्मृतिग्रन्थमा  सामाजिक जीवनको चर्चा गरेका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।