बिहिबार, चैत्र १५, २०८०

कर्मचारी समायोजन अध्यादेश–२०७५’ बहुमतले स्वीकृत,अध्यादेश अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही

काठमाडौं पुस १७,  प्रतिनिधिसभाको आज बसेको बैठकले बैठकले ‘कर्मचारी समायोजना अध्यादेश–२०७५’ बहुमतले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बैठकमा पेश गर्नुभएको सो अध्यादेशलाई प्रतिनिधिसभाका बहुमत सदस्यले स्वीकृत गरेको हो । काँग्रेस  सासंद गगन थापाले कर्मचारी समायोजन अध्यादेश–२०७५ सङ्घीयता विपरीत भएकोभन्दै प्रस्तुत अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नुभएको थियो । तर  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लोकतान्त्रिक प्रक्रियासँग जोडिएर आएकाले कुनै शङ्का नगर्न संसदलाई आग्रह गर्दै पारित गर्न आग्रह गर्नुभएको थियो ।

यसैवीच कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने तयारी सरकारले गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार समायोजन नभई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

प्राप्त जानकारी अनुसार आन्दोलन गर्ने कर्मचारीलाई ‘निजामति सेवा ऐन–२०४९’ अनुसार आचरण र अनुशासन पालना नगरेको भन्दै कारवाही गर्ने  योजना मन्त्रलालयले बनाएको साथै निजामति कर्मचारीले सामाजिक सञ्जाल, पत्रपत्रिका तथा लेखरचनामा सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सचिव दिनेशकुमार थपलियालगायत मन्त्रालयको आँच आउने गरी अवाञ्छित, अनुचित, गैरजिम्मेवारी, अनुशासनहिन र पेशागत मर्यादा विपरीत सामाजिक सञ्जालमा स्टाट्स, तस्बिर, विचार राख्ने अस्वभाविक क्रियाकलपाप्रति ध्यानाकर्षण जनाउँदै त्यस्ता कर्मचारीलाई पहिचान तत्काल कारवाही गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।