बुधबार, बैशाख १२, २०८१

कर्मचारीमाथिको विभेद विरुद्ध दोस्रो चरणमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने

१० दिन स्थानीय तहको कामकाज ठप्प पार्दै पहिलो चरणका आन्दोलनका घोषित कार्यक्रम सम्पन्न

काठमाडौ पुस १०, सरकारले गत मङ्सिर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेश, २०७५ मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनको क्रममा कर्मचारी समायोनजनको नाममा स्थानीय कर्मचारीमाथि विभेद गरेको भन्दै गत पुस १ गते देखि आन्दोलित स्थानीय तहका कर्मचारीले आज आन्दोलनको पहिलो चरण अन्र्तगतका स्थानीय निकायको कामकाज ठप्प पादै सम्पन्न गरेका छन ।

आन्दोलनको घोषणा गरेयता स्थानीय तहको कामकाज ठप्प पार्दै आइरहेका आन्दोलित समूहले यसअघि पुस १ देखि पुस १० गते सम्मको पहिलो चराणको आन्दोलन घोषणा गर्दै पहिलो चरणकोआन्दोलनमार्फत आफ्ना माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलनको क्रममा सशक्त आन्दोनका कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका थिए । त्यस्तै पहिलो चरणको कार्यक्रममा हातमा कालोपट्टी बाँधेर धर्नामा बस्दै आएका स्थानीय तहका कर्मचारीको दोस्रो चरणको आन्दोलनका कार्यक्रम कस्तो हुने हो त्यो पतिक्षाको विषय भएको छ ।

यद्यपी स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने र आफ्नो माग भनेको सर्वोच्च अदालतले २०७४ पुस २१ गते गरेको फैसलाअनुरुपको व्यवस्थाको कार्यान्वयन साविक स्थानीय निकायका श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिको साथै सबै तहको बढुवा र वृत्ति विकास तत्काल लागू गर्नुपर्ने रहेका  बताए  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।