शुक्रबार, चैत्र १६, २०८०

करणी मुद्धामा गलत प्रतिवेदन बनाउँने चिकित्सकद्दय सिंह र गोइतविरुद्ध मुद्दा दायर

 सर्वेक्षक दीपेन्द्र यादव  रु १० हजार घुस लिदै गरेको अवस्थामा रङगे हात पक्राउ

काठमाडौ कार्तिक १६, सदैव भ्रष्टाचारको मुद्धा दायर गर्दै भ्रष्टाचार सहित समाज निर्माणको क्षेत्रमा योगदान गर्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षीय बालिकाको जबर्जस्ती करणीसम्बन्धी घटनाको अनुसन्धानको क्रममा गलत स्वास्थ्य प्रतिवेदन बनाउने जनकपुर अञ्चल अस्पतालका चिकित्सकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय, धनुषाबाट भाद्र ८ गते अनुसन्धान भएको १२ वर्षीया बालिकाको जबर्जस्ती करणी घटनाको अनुसन्धानको क्रममा अस्पतालका डा भिके सिंह भनिने विजयकुमार सिंह र डा रम्भा गोइतले आर्थिक लाभकै कारण पीडित बालिकाको स्वास्थ्य परीक्षणको गलत प्रतिवेदन दिएको प्रमाणितभएसंगै निज डक्टरद्दयविरुद्ध मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै चिकित्सकद्दयले आफ्नो दायित्व अनुरुप गर्नु पर्ने कार्य सम्पादन नगरी आर्थिक लाभका लागि चरम लापर्वाही गरी अनुसन्धान कार्यलाई प्रभावित गरेको आयोगले जनाएको छ ।

यसैवीच आयोगले जिल्ला नापी कार्यालय, सप्तरीका सर्वेक्षक दीपेन्द्र यादवलाई रु १० हजार घुस लिदै गरेको अवस्थामा रङगे हात पक्राउ गरेको छ । आयोगले जारी विज्ञप्तिमा जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यको लागि सेवाग्राहीसँग घुस रकम लिदै गर्दाको अवस्थामा आयोगको इटहरी कार्यालयबट खटिएको टोलीले निज सर्वेक्षकलाइ पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।