शुक्रबार, चैत्र १६, २०८०

कमल थापा नेतृत्वको राप्रपाको वरिष्ठ उपाध्यक्षमा तामाङ र पराजुली

 काठमाडौ चैत १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न तह र तप्कामा मनोनयन गर्नु भएको छ । प्राप्त जानकारी अनुसार अध्यक्ष थापाले पार्टीको वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ (धादिङ) र राजीव पराजुली(पर्सा) लाई मनोनित गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा प्रेमबहादुर भण्डारी -बाँके, टङ्क ढकाल -भोजपुर, नरेन्द्रबहादुर चन्द -बैतडी, तोरणबहादुर गुरुङ -स्याङ्जा, रोशन कार्की -ललितपुर, भिमप्रसाद गौचन – म्याग्दीर महेशलाल महासेठ -सिरहा लाई मनोनित गर्नुभएको छ ।

र महामन्त्रीमा राजेन्द्र लिङ्देन -झापा  र डा धवलशम्शेर जबरा -बाँकेलाई मनोनयन गरिएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार प्रवक्तात्रयको जिम्मेवारीमा भने सुशील श्रेष्ठ -महोत्तरी, भुवन पाठक- काठमाडौ र नीलकण्ठ काफ्ले -नवलपुर लाई मनोनयन गर्नु भएको छ ।

तयस्तै गरि सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ -कैलाली कुन्ती शाही-दैलेख, दीपकबहादुर सिंह-मकवानपुर , भक्तिप्रसाद सिटौला -झापा , अर्जुन राई -खोटाङ  र भरत रायमाझी -काठमाडौं लाई मनोनित गर्नुभएको छ ।

स-महामन्त्रीमा लिलादेवी श्रेष्ठ -इलाम  र मदनबहादुर कार्की -स्याङ्जा हुनुहुन्छ । सहायक प्रवक्तामा रमानन्द न्यौपाने -जुम्ला लाई मनोनयन गरिएको छ । यसैगरी अध्यक्ष थापाले प्रदीपकुमार उदय -रुपन्देह,   प्रदेश नं. ५ को अध्यक्ष र ईन्द्रबहादुर ठकुरी -सिन्धुपाल्चोक  लाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।