शनिबार, बैशाख ८, २०८१

कपोकल्पित समाचार लेख्ने काम आफैमा निन्दनीय हो भन्ने बुझ्न उपप्रम पोखरेलको आग्रह

काठमाडौ पुस १५,  नेपाल पत्रकार महासङ्घ, काठमाडौ शाखाको २०औ साधारणसभाको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सञ्चारकर्मीले यो वा त्यो कोणबाट बा प्रभावित नभइ गुण र दोषको आधारमा समाचार लेखन गर्नुपर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सञ्चारमाध्यमले आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने प्रवृतिका कारण एकातर्फ तथ्यको तोडमोड हुने र अर्को तर्फ जनताले सत्य समाचार प्राप्त गर्न नसक्ने बताउँदै सञ्चारमाध्यम र सञ्चारकर्मीले सत्ता पक्ष र प्रतिपक्ष बन्नु भन्दा पनि गुण दोष जाँचेर समाचार  सत्यतथ्य समाचार  लेद्यनु पर्नेमा  उहाँको जोड रहेको  थियो ।

 त्यस्तै  उद्घाटनसत्रको मनत्व्य दिने क्रममा उहाँले पुरै समय समाचारको प्रसंगमा केन्द्रीत हुँदै सत्तापक्ष होस वा विपक्षी  जो बाट जे भएको छ त्यसको विश्लेषण सहित  ठिक र बेठिक लेखिदिनुस् यसवीचमा कमीकमजोरी भएका  छन  भने त्यसको  उजागर  गर्नु  मनासिव रहने  तर   कपोकल्पित समाचार लेख्ने काम आफैमा निन्दनीय हो भन्ने यर्थात बुझ्न आग्रह गर्नु भएको छ ।

साथै उपप्रम पोखरेलले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल, काठमाडौ तराई दू्रतमार्ग निर्माण जस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न पनि त्यस अवसरमा  सुझाव दिनुभएको छ । साधारणसभा अन्र्तगत उद्घाटनसत्र लगत्तै बन्दसत्र कार्यक्रमको सञ्चालन हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।