शुक्रबार, बैशाख ७, २०८१

कक्षा ११ को परीक्षाफल सार्वजनिक

 काठमाडौं असोज २० , राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत ९ जेठमा सम्पन्न कक्षा ११ परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार आठ सय ९१, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँच विद्यार्थीले परीक्षामा सहभागि रहेको जनाएको छ ।

त्यस्तै नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २।१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ०।८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु