मङ्लबार, बैशाख ११, २०८१

कक्षा ११को नतिजा प्रकाशनमा राष्ट्रिय परीक्षा बोर्डले लापरबाही गरेको भन्दै विधार्थीहरु आन्दोलित

 पोखरा असोज २१ , राष्ट्रिय परिक्षा बोर्डले शनिवार प्रकाशन गरेको कक्षा ११ को नतिजामा चरम लापरबाही भएको भन्दै पोखराका विधार्थी आन्दोलित भएका छन् । जनप्रिय बहुमुखी क्याम्पसका  कक्षा १२का विधार्थीहरुले आज परीक्षा बोर्डको पोखरास्थित पोखरा कार्यालयमा नाराबाजी गरेका छन् ।

विशेषगरी विज्ञान (केमेस्ट्री)  विषयको नतिजामा ग्रेड न्यून आएको भन्दै विधार्थीहरु आक्रोशित भएका हुन । कलेजका अन्य परिक्षामा उत्कृष्ट ग्रेड ल्याएका मेधावी विधार्थीको पनी अप्रत्याशित नतिजा आएको र त्यो असम्भव रहेको जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति आशीक गुरुङले बताए ।  त्यस्तै हामीले अत्यन्तै मिहेनत गरेर परीक्षमा मा सहभागी भएका थियौं, र परीक्षा पनि अत्यन्तै राम्रो भएको थियो तर राष्ट्रिय परिक्षा बोर्डको चरम लापरबाहीले गर्दा हाम्रो नतिजा नराम्रो आएको र हाम्रो भविष्यनै अन्धकार भएको जनप्रिय बहुमुखी क्याम्पस कक्षा १२ मा अध्यनरत सारा बास्तोलाले बताईन् ।  त्यस्तै जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियुका नेता बिनोद भण्डारीले पैकाशित परणाम छिटो भन्दा छिटो नसच्याए विधार्थीको हकहितका लागि जस्तो सुकै आन्दोलन गर्ने चेतावनी   समेत दिएका छन् ।

प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्। अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।

कक्षा ११ को परीक्षा गत बैशाख र जेठ महिनमा सञ्चालन गरिएको थियो । अघिल्ला वर्षहरुमा पनि बैशाख र जेठ महिनामा परीक्षा सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रा सार्वजनिक हुन्थ्यो । बोर्डका अनुसार यसपटक ५ लाख ४८ हजार विद्यार्थीहरुले परीक्षाका लागि आवेदन भरेका थिए भने ४० हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिएनन् ।यस्तो गम्भिर विषयमा राष्ट्रिय परिक्षा बोर्डले चरम लापरबाही गरेको उनिहरुको आरोप रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।