शुक्रबार, चैत्र १६, २०८०

ककुरलाइ सन्तानको माया सहित लालनपालन गर्नुपर्छ   

 काठमाडौं असोज २१ , कुकुर अब बफादार साथी, इमान्दार जनावरमा मात्र सिमित रहेन । नेपाली समाजमा कुकुर क्रमश व्यवसायको एउटा पाटो बन्दै आएको  छ ।  त्यसोत घरमा कुकुर पाल्ने चलन नयाँ भने होइन । द्वारपालको रुपमा पालन गरिने र द्धारभित्रको प्रवेशबाट बन्चित  गरिदै आएको कुकुरले पछिल्लो समय घरभित्र प्रवेश मात्र पाएको छैन् । कतिपय घरमा सन्तानको प्रारुपमा  त कतिपय घरमा     सौख र व्यक्तिगत शान एवम् प्रतिष्ठाको प्रारुपमा  कुकुर पालन हुँदै आएको  छ । पौराणिक कालदेखि नै महत्वको  चुचुरोमा  रहदै भगवान भैरवको वाहनका् प्रारुपमा  पुजिदै आएको  कुकुरको उच्चतम महत्वको   सास्वतपक्ष  होस वा यम पञ्चक अन्र्तगत कुकुर  तिहारमा  पुजिदै आएको पक्षमात्र  नभएर मानविय जिवनसंगअत्यन्त नजिक बफादार मानिएका कुकुरको महत्वलाइ   सर्वत्र स्वीकार  गरिएको छ ।

आधुनिक यूगको  सुरवातसंगै पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा “लाईका” नामक कुकर पुगेको  पक्षका कारण पनि  कुकुर घर पालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर हो भन्ने  पुष्टि  भएको  छ ।  त्यतीमात्र नभएर   कुकुरमा  सुघेर अपराधिलाई पत्ता लगाउन सक्ने  चमत्कारी  शक्ति निहित रहेका  कारण   विश्वको जुनसुकै देशमा पनि कुकुरलाई विशेष रुपमा मानिदै आएको  पक्षलाइ हामीले चाहेर पनि नर्कान सक्दैनौ  । यसैक्रममा  हामीले  जर्मन,वेल्जीयम, हल्याण्ड  लगायतका  युरोपियन मुलुकबाट  औपचारिक  प्रशिक्षण सहित   विगत १ दशक देखि  राजधानीको  कामपा वडा न १५स्थित आवास क्षेत्रमा RAMBO ABBIE PET&DOG TRAINING CENTER मार्फत   गर्दै  कुकुरको  प्रशिक्षण  र विक्रीवितरणको  व्यवसाय गर्दै  आएका   युवा   व्यवसायी   जनक कपालीसंग  साक्षात्कार  गरेका  छौं  । 

 साक्षात्कारको  क्रममा   आफु सानै उमेर देखि  कुकुर प्रेमी भएको  बताउँदै  कसैको  घरमा कुकुरलाइ बन्धक बनाउँदै  पालेको  देख्दा  आफ्नो मन कटक्क  विझ्ने    गरेको  र  पछि कुकुर प्रति अथाह लगावका कारण  आफु  यस क्षेत्रमा होमिएको  बताउँदै   कपालीले  कुकुर  पालन  गर्छु भनेर महङगो कुकुर  किनेर  मात्र  नहुने  यसको लागि  कुकुरलाई  पर्याप्त  समय सहित   आमाले  आफ्नो शिशुलाइ  दिने  माया सहित  लालनपालन  गर्न सक्यौँ भने  कुकुरले  आशातित लक्ष्य भन्दा  बढि फाइदा दिने  र यदि कुकुर पाल्नको लागि मात्र पाल्ने हो भने  पालेको  कुकुरबाटनै  अप्रत्यायाशित दुर्घटना समेत  व्यहोर्नु  पर्ने  संभावना समेत रहेको  बताए  ।  सामन्यतया  कुकुर  पालनको  लागि  पहिलो  त  अरुको देखासिकी नगरेर   कुन प्रजातीको  कुकुर पाल्ने हो त्यसको  पहिचान र आफ्नो आवश्यकता एवम् रुचीलाई ध्यान दिने ।कुकुरको   खानपान अर्थात  डगफुडमा र  नियमित स्वास्थ्य परिक्षण   सरसफाई लगायतका  विषयमा   ध्यान दिनु पर्ने  बताए  ।

 साथै  कपालीले  काठमाडौंमा विशेषत मध्यम तथा शालिन वर्गका मानिसले पारिवारीक सदस्य या सुरक्षाको पहरेदारको रुपमा कुकुर पाल्ने गरेको जानकारी दिदै व्यावसायीकरुपमा कुकुरको व्यापारबाट व्यापारिले  मनग्गे आम्दानी गर्दै  समाजमा  स्थापित हुँदै आएको बताए ।  त्यस्तै कुराकानीको क्रममा  उनले भने  घर पालुवा कुकुरको सङ्ख्या यतिनै  छ भन्ने  कुनै औपचारिक  आँकडा नभएपनि काठमाडौं उपत्यकाका करिब ८० प्रतिशत घरमा कुकुर पालन  हुँदै  आएको  उनको बुझाइ रहेको छ ।   त्यस्तै  कुकुरमा निहित  बफादारिता  साथीत्व र  इमान्दारिताका    कारण  नेपाली समाजमा  कुकुरको  महत्व दिनानुदिन  बढ्दै  गएको  जनाउ सहित कपालीले   पछिल्लो समय घरमा कुकुर पालन गर्नु    एकातर्फ  सौख र अर्कोतर्फ  व्यक्तिगत शान र प्रतिष्ठाको विषय पनि बन्दै  आएको  बताए  ।

उनले भने- यदि सामान्य तरिकाले कुकुर पाल्ने हो भने यसको खर्च मासिक १२ देखि १५ सय मात्रै हुन्छ । त्यसको लागि घरधनिले खाने गरेको खुराकहरु मात्रै खुवाउदा पनि हुन्छ । तर बजारमा उपलब्ध हुने डग फुड खरिद गरि कुकुरलाई खुवाउने हो भने मासिक लागत ५ देखि १०   हजार  खर्चलाग्ने  जानकारी सहित  अहिले नेपालमा   १८ प्रजातिका    कुकुर बिक्री वितरण  हुँदै  आएको  त्यसमध्ये नेपालमा जापनिज स्पिट्ज, जर्मन सेर्फड, ल्याब्रो डग, स्पाइनल, बक्सर, हस्की, पग, ककर पाइनल , चिहावा   जातका कुकुर पालिने गरेको  जानकारी दिए .   साथै  पछिल्लो समय काठमाडौंमा नै ४५ सयदेखि डेढ लाख रुपैयाँसम्मको कुकुर किन्न पाइने र सबैभन्दा महँगो कुकुर  टिबेटन मास्टिफ भएको  जनाउँदै   नेपालमा यसको मूल्य १ लाखदेखि २५ लाख रुपैयाँसम्म रहेको  छ उनले भने  ।

यसवीचमा  अर्को  महत्वपूर्ण पक्ष भनेको  कुकुर व्यवसायी कपालीले कुकुरको  विक्रीबाट  प्राप्त  रुपैया समाजसेवाको  नयाँ अध्याय अन्र्तगत  अशक्त वौद्धिक अपाङगता भएका वालवालिको उपचारको लागि उनकै सक्रियतामा  सञ्चालनमा रहेको  विद्यालयलाइ अनुदान र  कुकुर पालनमा सघाउ गर्दै  आएका  कर्मचारीलाइ दिदै आएको  छ भने  ककुर पालनको लागि आवश्यक सम्पूर्ण खाना  औषघी  लगायतका सामानको  विक्री र कुकुर प्रशिक्षणबाट प्राप्त आम्दानीबाट  आफ्नो नियमित दिनचर्या  सञ्चालन  गर्दै आएका  छन

   नेपालमा  विक्री हुने महंगा र  सस्ता  कुकुर र यसको मूल्य: 

 टिबेटिएन म्यास्टिफ   :  सबैभन्दा महंगो जातको कुकुर मध्ये यो एक हो। यसको नेपालमा १ लाखदेखि  २५ लाख  रुपैयाँसम्म पर्छ।

जर्मन सेफर्ड : यसको मूल्य ८ हजार ५ सय देखि १८ हजार रुपैयाँसम्म पर्छ।   यो कुकुर दुई थरीको हुन्छ। छोटो रौं भएको र लामो रौं भएको।

कोकर  स्पानियल :  वेलायती जातको यो कुकुरको  रौं भुइ नै छुने गरी लामो हुन्छ।   यसको मूल्य ७ हजार  देखि १५ हजार रुपैयाँ  पर्छ।

साइवेरिएन  हस्की : यस जातको कुकुरको मूल्य नेपालमा १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म पर्छ।

चिहावा:  यो कुकुर नेपालमै पनि उत्पादन गरिन्छ। साथै यसको उत्पत्ति भने चीनमा भएको हो। नेपालमै उत्पादन गरिएको यसको  मूल्य भने ३० देखि ३५ हजार रुपैयाँसम्म पर्छ।

जापनिज स्पीट्ज :  यो कुकुर नेपालमा सबैभन्दा सस्तो जातको कुकुर हो। यसको मूल्य ४५ सय देखि   ५ हजार रुपैयाँ पर्छ।

फ्रेन्च म्यास्टिफ : यसको मूल्य सरदर ९० हजार रुपैयाँसम्म पर्छ।

ब्लु हाउण्ड:  यसको मूल्य सामान्यतः १ लाख देखि १ लाख २० हजार रुपैयाँमा विक्री हुँने  गरेको  बताए  ।

सेन्ट–वेनार्ड: यो विश्वको सबैभन्दा ठूलो जातको कुकुर हो। यसको तौल एक सय किलो जति हुन्छ।   यसको मूल्य ६५ हजारदेखि ८५ हजार रुपैयाँ सम्मपर्छ।