बिहिबार, बैशाख १३, २०८१

औषधी थोक व्यवसायी संघ गण्डकी प्रदेशको प्रारम्भिक स���धारण सम्पन्न

  • औषधीको जीवनचक्र अनुरुप उत्पादन देखि भण्डारण र सोको विक्री वितरणमा समेत विभाग अर्जुन दृष्टि सहित नियमनमा रहेको महानिर्देशक ढकालको जनाउ

  •  औषधी जगतमा मौलाउँँदै गरेको यावत विकृतिलाइ अभिभावककीय संस्था औषधी व्यवस्था विभागले तत्काल सम्बोधन गर्नुपर्नेमा औषधी आयतकर्ता संघका महासचिव आचार्यको जोड

  •  थोक औषधी व्यवसायीले गर्दै आएको योगदाको सम्मान गर्दै थोक औषधी व्यवसायीलाइ औषधी सल्लाहकार समितिको सदस्य बनाउँन अव कत्तिपनि विलम्ब गर्नु नहुनेमा संघका केन्द्रीय अध्यक्ष बास्कोटाको जोड

पोखरा साउन २७ , मुलुकको पछिल्लो परिवर्तित प्रादेशीक शासकीय संरचना अनुरुप थोक औषधी व्यवसायीहरुको व्यवसायिक सुरक्षा, हकहित एवम पुजी सुरक्षाको प्रत्याभुतिको लागी अस्तित्वमा आएको साझा सङ्गठन नेपाल औषधी थोक व्यवसायी संघ गण्डकी प्रदेशको प्रारम्भिक साधारण सभा आज एक भव्य कार्यक्रमकावीच शनिवार सम्पन्न भएको छ ।  औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको प्रमुख आत्थ्यितामा एवम् गण्डकी प्रदेशका निर्देशक डा तारानाथ पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न प्रस्तुत साधारण सभा संघका प्रादेशीक अध्यक्ष रुद्रनारायण मल्लको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी विभागका महानिर्देशक ढकालको उपस्थितीमा कारण वस विलम्ब भएपछि निर्धारित समय भन्दा निकै ढिलो साधारणसभाको औपचारिक सत्रको सुभारम्भ गर्दै गण्डकी प्रदेशका निर्देशक डा पौडेलले सम्बोधनको क्रममा मुलुकको माटो अनुरुप स्वास्थ्य क्षेत्रले फड्को मार्न नसकेको बताउँदै यस क्षेत्रको अग्रणी विकासका लागि आगामी दिनमा आफ्नो तह तप्काबाट यथासंभव सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताउँनु भएकोछ ।

त्यस्तै एनएमएसआरएका अध्यक्ष शितल श्रेष्ठ, मेस्कोनका अध्यक्ष मेघनाथ पौडेल,पिडान प्रदेशन १ अध्यक्ष केएल दास, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीव बहादुर कोइराला पिडान केन्द्रीय समितिका महासचिव गणेश नेपाल , पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी र सिएमए संघ गण्डकीका अध्यक्ष कृष्ण पाण्डे, सल्लाहकार इन्द्र वहादुर खड्का,पिनका निर्वतमान अध्यक्ष नेत्रनाथ पौडेल लगायतले अधिवेशन सफलताको शुभकामना अभिव्यक्त गर्नुभएको उक्त कार्यक्रममा औषधी आयात कर्ता संघका महासचिव पवन आचार्यले पछिल्लो समय औषधी जगतमा मौलाउँँदै गरेको यावत विकृतिलाइ अभिभावककीय संस्था औषधी व्यवस्था विभागले तत्काल सम्बोधन गर्नुृपर्ने बताउँनु भएको छ । त्यस्तै उहाँले यदि व्यवसायीले गल्ती गरे नियमसंगत कारवाही गर्न आग्रह गर्दै एक संस्थाले अर्को संस्थाको अस्तित्व स्वीकार गर्दै अवका दिनमा अगाडि बढ्नुको विकल्प नभएको जनाउ दिदै पिडानको अधिवेशनले नेतृत्वसंगै एजेन्दालाइ पनि प्राथमिकरण गर्न सकोस भन्ने शुभकामना दिनु भएको थियो ।

त्यस्तै संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले पनि पछिल्लो समयमा राज्य र मातहतका निकायबाट  कहिले कम्प्युटर विलिङको नाममा त कहिले यो वा त्यो वहानामा औषधी व्यवसायीलाइ प्रताडित बनाउँने काम हुँदै आएको जनाउ दिदै देशैभरका औषधी व्यवसायीको समग्र हकहितका लागि पिडान सदैव अग्रपङक्तिमा रहने बताउँनु भएको छ । त्यस्तै उहाँले यसक्षेत्रका सरोकारवाला नियमक निकाय, सम्बधीत संघ सस्थावीच कार्यगत एकताको आवश्यकता औल्याउँदै थोक औषधी व्यवसायीले गर्दै आएको योगदाको सम्मानका लागि  राज्यले थोक औषधी व्यवसायीलाइ पनि औषधी सल्लाहकार समितिको सदस्य बनाउँन अव कत्तिपनि विलम्ब गर्नु नहुने भन्दै   विभागकोको ध्यानाकर्षण गराउँनु भएको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका विभागका महानिर्देशक नारायण ढकालले गुणस्तरिय ओषधी सेवन गर्न पाउँनु पर्ने नेपाली जनताको नर्सेगिक अधिकारको रक्षाका लागि विभाग सदैव सचेत रहेको बताउँदै अनाधिकृतरुपमा हुने गरेको  औषधीको कारोवारलाइ निरुत्साहित गर्न विभाग लागि परेको र यसको ज्वलन्त उदाहरण भनेको विराटनगरमा घटेको पछिल्लो घटनाक्रम भएको बताए । साथै उहाँले औषधी व्यवस्था विभाग औषधीको जीवनचक्र अनुरुप उत्पादन देखि भण्डारण र सोको विक्री वितरणमा समेत अर्जुन दृष्टि सहित नियमनमा रहेको बताए । त्यस्तै महानिर्देशक ढकालले सल्लाकार समितिमा पिडानको उपस्थीतिका लागि आफ्नो तहबाट यथासंभव प्रयास गर्ने प्रतिविद्धता समेत व्यक्त गर्नु भएको छ ।

त्यस्तै तर्दथ समितिका अध्यक्ष रुद्र मल्लले औषधी जगतमा चुलिदै आएको विकृति लगायत सवैखालका समस्याको समाधानको लागि बैचारिक दृष्टिकोण सहित भविष्यमा कुनैपनि वहानामा व्यवसायीले प्रताडित हुन नपरोस भन्ने नयाँ मार्गदर्शन पहिल्याउँन  पिडानको आवश्यकता मनन गर्दै पिडानले विरामीले गुणस्तरीय औषधि सर्वसुलभ मुल्यमा पाउँनु पर्ने नागरिकको नैसर्गिक अधिकारको पक्षमा समेत आवाज बुलन्द गर्ने बताउँनु भएको छ । कार्यक्रमा विभिन्न समितिमा रहेर कार्य सम्पादन गर्नु भएको संघका सदस्यहरुलाइ सम्मान समेत गरिएको थियो

निर्वाचनको कार्यतालिका प्रभावित,  केन्द्रीयसमितिले सिफारिस गनेअनुरुप नयाँ प्रादेशिक कार्यसमिति अस्तित्वमा आउँने

यसैवीच थोक औषधी व्यवसायीहरुको व्यवसायिक सुरक्षा, हकहित एवम पुजी सुरक्षाको प्रत्याभुतिको लागी अस्तित्वमा आएको साझा सङ्गठन नेपाल औषधी थोक व्यवसायी संघ गण्डकी प्रदेशको प्रारम्भिक साधारण अन्र्तगत शनिवार रातीअवेर सम्मपनि निर्वाचनको कार्यक्रमले सार्थकता लिन नसक्दा संघको केन्द्रीय समितिले तत्कालका लागि  केन्द्रीय उपाध्यक्ष  श्रीराम पराजुलीको  संयोजकत्वमा   संयोजन समिति गठन गरको र गठित समितिले प्रतिवेदन बुझाएलगत्तै  तदर्थ समिति भङग गर्दै   नयाँ कार्य समितिको निक्र्याैल गर्ने अख्तियारी सहित संघको बन्दसत्र समापन गरिएको समाचार प्राप्त भएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।