बिहिबार, बैशाख १३, २०८१

औषधी तथा बिक्री प्रतिनिधि संघ काठमाडौं च्याप्टरमा खड्का

काठमाडौं भाद्र २४, नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (Nmsra Kathmandu) काठमाडौं च्याप्टरको शनिवार सम्पन्न १७औ अधिवेशनले संगम खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेका छन ।

नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्ष, सचिव, सह-सचिव ,कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमस श्याम मण्डल , नविन भट्टराई अनिल खड्का रामहरि न्यौपाने मुकेश दाहाल , निर्मल शेर्पाली रहेका छन ।  त्यस्तै कार्यसमिति सदस्यहरुमा संगीत केसी, अक्षय भण्डारी, नवदिप अधिकारी र सुमित ठाकुर रहेका छन ।

यसअघि केन्द्रीय संघका अध्यक्षद्दारा पानसमा दिप प्रज्जवलन गर्दै  सुभारम्भ गरिएको प्रस्तुत कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटा लगायत सरोकारवाला विभिन्न संसस्थाका प्रतिनिधीहरुले संघको अधिवेशनको सफलताको कामना गर्दै औषधी विक्रि वितरणको क्रममा देखिएको समस्यालाइ सरोकारवाला निकायबाट सम्बोधन गराउँन पहलकदमी लिन आवश्यक रहेको पक्षमा जोड दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।