मङ्लबार, बैशाख ११, २०८१

औषधि व्यवासायी संघको एलओसी विरुद्ध व्यवसायी आन्दोलित

  •  विभाग तैँ चुप मैँ चुपको अवस्थामा 
  •  औषधि व्यवसायी संघले आफु अनुकुल गर्ने सवै निर्णय किमार्थ बाध्यकारी नभएको नेपाल औषधी थोक ब्यबसायी संघका केन्द्रीय अध्यक्ष वास्कोटाको जनाउ
  •  केन्द्रीय समिति मुकदर्शक बस्नु आफैमा आश्चर्यको विषय
  • व्यवसायी जगतमा आफ्नो एकाधिकार कायम गर्ने अभिष्ट
  •  सम्बद्ध संस्थाहरुले आफुहरुलाइ प्रस्तुत प्रणाली स्वीकार्य नभएको जनाउ
  • संघ भनेको सदस्य संस्था र सदस्को हकहितका लागि सहकार्य र नितिगत छलफल सहित क्रियाशील हुनुपर्नेमा ठिक विपरित बाध्यकारी निर्णय लाड्दै हिड्ने अनि सरोकारवाला नियमक निकाय मौन बस्ने प्रवृति आफैमा नियोजित

काठमाडौं फागुन ३०, मुलुकको औषधि व्यवसायी जगतमा विद्यमान यावत विकृति अहिले कुनै कुनै वहानामा छताछुल्न हँने क्रमले तिव्रता पाउँदै आएको छ ।   यसैक्रममा अहिले औषधि व्यवासायीहरुको साझा संस्था नेपाल औषधि व्यवासायी संघ कोशी शाखाको निणर्यविरुद्ध स्थानीय औषधि व्यवसायीले संघको निर्णय आफ्नो अधिकारमाथिको नियोजित प्रहार भएको निष्कर्ष सहित आन्दोलित भएका छन ।

नेपाल औषधी थोक ब्यबसायी संघ पिडान प्रदेश न १.का संयोजक के.एल.दासको संयोजकत्वमा सरोकारवाला संघसंस्थाका संघ सस्थाका प्रतिनिधी संगको आपतकालीन छलफल पछि तत्काललाइ साङ्ककेतिक विरोध स्वरूप बहस अन्तसंवादको क्रममलाइ तिव्रता दिएका छन ।
प्रस्तुत अभियानमा नेपाल औषधि तथा बिक्री प्रतिनिधी संघ , नेपाल औषधि बिक्री प्रबन्धक संगठन, पौष्टिक आहार तथा सौन्दर्य सामाग्री विक्रेता संघ र नेपाल औषधि सञ्चालक संघको एैकेवद्धता रहेको छ ।

यि संघ र सगठनको माग भनेको तत्काललाइ औषधि व्यवसायी संघले खुला अर्थतन्त्र , बजार निति एवम् संविधान प्रदत पेशा गरि खान पाउँने अधिकार माथि धावा वोल्दै सम्पूर्ण व्यवसायी जगतमा आफ्नो एकाधिकार कायम गर्ने अभिष्ट सहित गरेको बदनियत निर्णयको अविलम्ब खारेजी हुनुपर्ने रहेको छ ।  यसअघि पनि व्यवासयी संघले स्थानीय क्षेत्रमा औषधिजन्य व्यवसाय सञ्चालन गर्न संघको तर्फबाट जारी गरिएको एनओसी अर्थात नो अब्जेक्सन सटिफिकेट अनिवार्य गरिएको व्यसायीहरूको तिव्र विरोध पछि जारी निर्णय संघले फिर्ता गरेको बुझिएको छ । प्रस्तुत निणर्य अनुसार संघले आफ्नो तजविजमा एकलौटी राज गर्दै नो अब्जेक्सन सटिफिकेट मन परे दिने मन नपरे नदिने गरेपछि व्यवसायी त्यसवेला पनि आन्दोलित भएका थिए ।

स्थानीय व्यवसायीका अनुसार नो अब्जेक्सनको प्रथा खारेज गरिएपनि संघले पुन सुधारिएको भन्दै एलओसी अर्थात लेटर अफ कन्र्सनको बाध्यकारी व्यवस्थाको नितिगत निर्णय गरेपछि पुन व्यवसायीले आन्दोलन मार्ग अख्तियार गर्न बाध्य भएको बताएका छन ।  उनका अनुसार संघले गत फागुन १० गतेबाट व्यवाहरमा एलओसी प्रणाली सुरु गरेयता सम्बद्ध संस्थाहरुले आफुहरुलाइ प्रस्तुत प्रणाली स्वीकार्य नभएको जनाउ सहित विरोध अभियान अन्र्तगत सघर्षका कार्यक्रम सुरु गरेको जानकारी दिएका छन ।  स्रमण रहोस प्रस्तुत प्रणाली अनुसार स्थानीय कुनैपनि औषधि व्यवसायी र डिष्टिव्युर्टसले व्यवासायी संघको सिफारिस र अनुमति विना औषधिको कारोवार गर्न नपाउँने बताईएको छ ।

मोफसलमा औषधि जगतसंग सम्बद्ध संस्थावीच सुरु भएको शितयुद्धको मार प्रत्यक्ष मार स्थानीय जनताको दैनिकीमा समेत परेको जनाउँदै हाम्रा स्थानीय प्रतिनिधीले संघको गलत एवम् एकाधिकारवादको मानसिकताका कारण अत्याआवश्यक औषधिमुलो समेत पाउन मुस्किल हुँदै गएको जनाएको छ ।  तर पनि कोशी शाखको प्रस्तुत निर्णयको सवालमा राज्यको नियमक निकाय औगाधि व्यवस्था विभागले तै चुप मै चुपको अवस्थामा बस्दै कुनै पनि नितिगत समन्वय नगरेको जनाएको छ ।

यसै क्रममा थोक औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटासंग प्रस्तुत प्रसंगको सवालमा जानकारी माग गर्दा उहाँले भने- औषधि व्यवसायी संघले आफु अनुकुल गर्ने सवै निर्णय किमार्थ बाध्यकारी नभएको जनाउ दिदै मनपरीतन्त्रको पनि पराकाष्ठा हुने बताउँनु भएको छ । साथै संघ विरुद्ध स्थानीय व्यवासायीको विरोध आफैमा स्वागत योग्यकदम भएको भएको बताउँदै राज्यकोको नियमक निकायले घटनाक्रमको यथार्थता बुझ्ने प्रयास समेत नगरेकोमा आक्रोस व्यक्त गर्दै संघको हातमा डाडुपन्यु छ भन्दैमा जे गर्दा पनि हुन्छ भन्ने मान्यता र प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।
साथै उहाँले व्यवासायी संघको कोशी शाखाको प्रस्तुत निर्णयको सवालमा केन्द्रीय समिति मुकदर्शक बस्नु आफैमा आश्चर्यको विषय भएको भन्दै अध्यक्ष वास्कोटाले भने संघ भनेको सदस्य संस्था र सदस्को हकहितका लागि सहकार्य र नितिगत छलफल सहित क्रियाशील हुनुपर्नेमा ठिक विपरित बाध्यकारी निर्णय लाड्दै हिड्ने अनि सरोकारवाला नियमक निकाय मौन बस्ने प्रवृति आफैमा नियोजित भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।