शुक्रबार, चैत्र १६, २०८०

औषधि परामर्श समितिको बैठक : विभागका महानिर्देशक ढकालको संयोजक्त्वमा कार्यदल गठन

औषधि आयातमा निषेधको प्रस्ताव फाइलको फाइलमै

कार्यदललाइ आयातीत औषधिमाथि रोक लगाउँने सवालमा आवश्यक सुझाव सहितको मार्गचित्र प्रस्तुत  गर्न् कार्यादेश

काठमाडौं पुस २२, सरकारले आत्मनिर्भर र स्वदेशी औषधि उत्पादक कम्पनीको प्रर्वद्धनका लागि भन्दै छिमेकी मुलुक भारत लगायत अन्य मुलकबाट समेत नेपाल आयात भइरहेको औषधिको आयातमा रोक लगाउने परिपञ्च बनाउँदै गरेको चरम चासो चर्चाकावीच आज स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा औषधि परामर्श समितिको बैठक बसेको छ ।

बैठकमा औषधि व्यवस्था विभाग र सरोकावाल संघसस्था नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, नेपाल औषधि व्यवसायी संघ  लगायतका संघसंस्थाका जिम्मेवार पदाधिकारीको उपस्थिती रहेको थियो। त्यस्तै बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाली औषधि उत्पादकको संरक्षण संगै छिमेकी मुलकबाट हुँदै आएको औषधि आयातलाइ पनि असहज नहुँने गरि नितिगत निर्णय गर्न आवश्यक रहेको अभिव्यक्ति दिनु भएको समाचार स्रोतले जनाएको छ ।

त्यस्तै बैठकमा मुलुकको औषधि सामराज्यमा आत्मानिर्भर भइसेको सामान्य देखि गम्भीर प्रकृतिको रोग निवारणका लागि प्रयोग हुने विभिन्न प्रकारका आयात हुने औषधिको आयातमा रोक लगाउँदै स्वदेशी उद्योगको प्रर्वद्धनमा योगदान गर्नु पर्ने लगायतका अन्य थुप्रै विषयमा नितिगत निर्णय गर्ने तयारी सहित यसअघिको ३० प्रकारका औषधिको आयात रोक्ने प्रक्रियागत प्रस्ताव प्रस्तुत भएसंगै सहभागी संघसस्थाको विमतिका कारण कुनैपनि नितिगत निर्णय हुन नसकेको बुझिएको छ ।

अन्तत औषधि परामर्श समितिका सदस्य सचिव एवम् औषधि व्यवस्था विभागका महानिर्देशक नारायण दकालले आजको बैठकमा सरोकारवाला संघसंस्थाका प्रतिनिधीसंग प्रस्तुत प्रस्तावको सवालमा प्रारम्भिक छलफल भएको जनाउ दिदै सरोकारवाला संघसंस्थाको प्रतिनिधीबाटै प्रस्तावित विषयमा के गर्दा न्यायोचित हुन्छ सोहि अनुरुप अगाडि बढ्ने लक्ष्य सहित सुझाव माग गर्दै माघ २ गते बस्ने अर्को बैठकबाट नितिगत निर्णय गर्ने समझदारी सहित सुझावका लागि विभागका महानिर्देशक ढकालको संयोजक्त्वमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष  दिपक दाहाल , नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य , नेपाल औषधि व्यवसायी संघका  अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठ, वाणिज्य मन्त्रालयका प्रतिनिधी र स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.दिपेन्द्र रमण सिंह सहितको कार्यदल गठन गरिएको जानकारी दिदै प्रस्तुत कार्यदलले दिएको सुझावको आधारमा आगामी बैठकबाट प्रस्तावित विषयमा नितिगत निर्णय हुने  जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।