मङ्लबार, बैशाख ११, २०८१

ओली सरकारको मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन सहित मन्त्रिमण्डल पुनर्गठन हुँदै

काठमाडौं फागुन २९,  प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन् । यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन् ।

मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए । लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ । गत वर्ष ३ फागुनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले मन्त्रिमण्डललाई करिब एक महिनामा पूर्णता दिएका थिए ।

पार्टीको संगठनात्मक एकता, नेताहरूको कार्य विभाजनलगायतको प्रस्ताव तयार पार्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी संगठनात्मक एकताको काम प्याकेजमै टुंग्याउने गरी छलफल चलेको आजको अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीको वाइलानमा प्रकशित समाचारमा उल्लेख रहेको छ ।