बिहिबार, बैशाख १३, २०८१

ओली सरकारको गलत रवैयाका कारण मुलुकमा उद्योगधन्दा फस्टाउन नसकेको काङ्ग्रेस सभापति देउवाको आरोप

काठमाडौ फागुन ८,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा मौलाउँदै गरेको यावत अराजकताका कारण प्रजातन्त्रको भविष्यनै संकटमा परेको बताउँनु भएको छ । यद्यपी प्रजातन्त्रको लागि काङ्गे्रसले कुनैपनि मुल्य चुकाउँन पछि नपर्ने बताउँदै काँग्रेस भएसम्म प्रजातन्त्र मास्छु भन्नेहरुको सपना कहिले पूरा नहुँने जनाउ समेत दिनु भएको छ ।

सभापति देउवाले आज वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको उद्घाटन गर्दै प्रस्तुत अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गर्दै हाम्रा सहकर्मीले तत्कालीन समयमा प्रजातन्त्र प्राप्तिको लडाइ वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली काङ्गे्रस सदैव तयार रहेको बताउँनु भएको  छ ।

त्यस्तै उहाँले नेकपा नेतृत्वको वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको आरोप लगाउँदै सरकारी रवैयाका कारण चाहेर पनि उद्योगधन्दा फस्टाउन नसकेको बताउनुभएको छ । त्यस्तै मुलुकको समृद्धिको कुरा गर्ने सरकारले वीरगञ्जमा विदेशी लगानीकर्तालाइ आकर्षित लगानी गर्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकारले जोड दिनुपर्ने बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समेत सङ्घीय सरकारले लगानीकर्तालाई आकर्षित गर्ने तथा लगानी गर्ने वतावरण बनाउन सके मुलुककाके समृद्धिको ढोका खोलिनेमा कुनै शंका नभएको जनाउ दिदै अहिले नीति निर्माता मुलुकको हितभन्दा  निश्चित व्यक्तिको हिततर्फ केन्द्रीत भएको जिकिर गर्नु भएको छ ।

कार्यक्रममा पूर्वमन्त्री डा प्रकाशशरण महत सांसद प्रदीप गिरी, विनोदकुमार चौधरी तथा पूर्व सांसद तथा उद्योगपति अनिल रुगङ्टा लगायतले बोल्नु भएको थियो । रु एक अर्ब करोडको लगानीमा बनेको प्रस्तुत १० तले रहेको चारतारे होटलमा दुई हल, स्वीमिङग पुल, जिमखाना गरी ६० कोठा रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।