शुक्रबार, बैशाख ७, २०८१

ओली सरकारको अराजकता र अप्रजातान्त्रिक क्रियाकलापविरुद्ध काँग्रेस आजबाट सडक आन्दोलनमा

काठमाडौ साउन ३ , साउन नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी अराजक एवम अधिनायकवादी क्रियाकलापविरुद्ध आजबाट आन्दोलनको विकुल फुकेको छ ।  काँग्रेले गत साउन १ गते आज जारी विज्ञप्तिमा काँग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध आजबाट आन्दोलनको उद्घोष गरेको हो । काँग्रेसले आन्दोलनको कार्यक्रम अन्र्तगत

विहिवार अपरान्ह १ बजे माइतीघर मण्डलाबाट प्रजातन्त्रवादी प्राध्���ापक संघ नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा विरोध प्रदर्शनका कार्यक्रम तय गरेको छ ।   त्यस्तै साउन ५ गते नेपाल तरुण दलको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन र त्यस्तैगरि साउन ८ गते काँग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने भएको छ ।

त्यस्तै आन्दोलनका कार्यक्रम अन्र्तगत साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने सवालमा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले विरोध सभाका लागि पार्टीका जिल्ला समितिहरुलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै इकाईलाई समेत सहभागी हुन आह्वान समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु